एमालेले तोक्यो नेताहरुलाई जिम्मेवारी, को–कहाँ? (सूचीसहित)


प्रकाशित मिति : बैशाख १०, २०७८ शुक्रबार

नेकपा एमालेले नेताहरुलाई विभिन्न जिम्मेवारी तोकेको छ। शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले विभिन्न जिम्मेवारी तोकेको हो।

अध्यक्ष केपी ओलीले पार्टी स्कुल विभागको प्रमुखको जिम्मेवारी लिएका छन् भने महासचिव इश्वर पोखरेलले केन्द्रीय कार्यालय प्रमुख र उपत्यका विशेष कमिटी इन्चार्जको जिम्मेवारी लिएका छन्। प्रवक्ता तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ।

यस्तै, निर्वाचन विभाग प्रमुखमा अग्नि खरेल, सहकारी तथा गरिबीनिवारण विभाग प्रमुखमा कमलप्रसाद चौलागाईं, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा खगराज अधिकारी, अनेरास्ववियु इन्चार्जमा खिमलाल भट्टराई, जनसांस्कृतिक महासंघ इन्चार्जमा खगेन्द्र राई, अखिल नेपाल महिला संघ इन्चार्जमा गोमा देवकोटा, श्रम तथा रोजगार विभाग प्रमुखमा गौरीशंकर चौधरी, संगठन विभागमा विष्णु पौडेल, निर्वाचन विभागमा विष्णु रिमाल, कानुन विभागमा शिवमाया तुम्वाहाम्फे, संसदीय विभागमा सुवास नेम्वाङ तोकिएका छन्।

युवासंघको जिम्मेवारी महेश बस्नेत र प्रेस चौतारीको जिम्मेवारी सूर्य थापालाई दिइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी सांसद शेरबहादुर तामाङलाई दिएको छ। यसअघिका कार्यालय सचिव इश्वरी रिजाललाई भने स्कुल विभागका सचिवको जिम्मेवारी दिइएको छ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com