ओली र नेपालबीच ‘आइस ब्रेक’ को प्रयास जारी, नेपालले भने–कुनै प्रगति भएन


प्रकाशित मिति : बैशाख ९, २०७८ बिहीबार

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको लामो समयदेखिको ‘आइस ब्रेक’ गर्ने प्रयास बिहीबार पनि जारी रह्यो।

बुधबार साँझ २ घण्टा वार्ता गरेका उनीहरुले बिहीबार पनि डेढ घण्टा ‘वान टु वान’ वार्ता गरे। स्थान उही थियो नक्सालको मेरियट होटल।

बुधबारको तुलनामा बिहीबार केही नयाँ दृश्य देखिए। बुधबार सार्वजनिक तस्बिरमा दुवैले मास्क लगाएका थिए। आपसमा आँखा पनि जुधाएका थिएनन् भने अनुहार उदासीले भरिएको थियो।

तर बिहीबार भने दुवै एकै ठाउँमा उभिएर धरहरा हेरे। मास्क निकाले। दुवैको अनुहार केही उज्यालो थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर वार्तापछि निस्किएका नेपालले कुनै प्रगति नभएको प्रतिक्रिया दिए।

उनले पूरानै अडान राखे। ओलीले त्यसमा कुनै सकारात्मक प्रतिक्रिया दिएनन्।

‘जेठ २ मा फर्किउँ भनेर भनेको उहाँले मान्नु भएन। जिल्ला अध्यक्षलगायत पदाधिकारी फेरिएको विषयमा पुरानै कमिटीमा जाउँभन्दा पनि मान्नु भएन। नयाँ प्रस्ताव पनि केही गर्नु भएन,’ नेपालले वार्तामा भनेको उद्धृत गर्दै उनीनिकट एक नेताले बताए।

प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडले भने शीर्ष नेताबीचको वार्ता प्रगति उन्मुख रहेको दाबी गरे।

पुरानो घाउ रहेकोले एक–दुई वार्तामा ठीक हुने नसक्ने बताउँदै उनले विस्तारै समस्या समाधान हुने विश्वास व्यक्त गरे।

अध्यक्ष ओलीसँग वार्ता सकिएपछि वरिष्ठ नेता नेपालसँग होटल मेरियटमै उनले झन्डै आधा घण्टा छलफल गरेका थिए।

‘तपाईंहरूले अनुमान लगाउन सक्नु हुन्छ हिजो वार्ता भयो फेरि आज वार्ता भयो, घाउ त पुरानो छ नि यो,’ उनले भने, ‘त्यो घाउ एक दुईवटा वार्तामा भरिँदैन। तर, हिजोभन्दा आज सकारात्मक भयो। आजभन्दा भोलि सकारात्मक होला।’

पार्टी एकता जसरी पनि जोगाउनुपर्ने दुवै नेताको धारणा रहेको दुगडको भनाइ छ।

दुगडले दुवै नेताबीच चाँडै अर्को वार्ता हुने जानकारी दिए।

ओलीसँगको वार्ता सकाएर नेता नेपाल बिहीबार जनकपुर उडे। त्यहाँ उनलाई माओवादी नेताहरुले स्वागत गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com