नेपालमा आकाशिँदै कोरोना, एकै दिन २४२८ जनामा संक्रमण पुष्टि, ५ जनाको मृत्यु


प्रकाशित मिति : बैशाख ९, २०७८ बिहीबार

नेपालमा कोरोना संक्रमणले हरेक दिन रेकर्ड बनाइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको छ।

१० हजार एक जनामा गरिएको पिसिआर परीक्षणमा २३६५ जनामा कोरोना पुष्टि भएको छ भने ४४७ एन्टिजेन परीक्षणमा ६३ जनामा पोजिटिभ देखिएको छ।

योसँगै नेपालमा १२ हजार ६९० जना सक्रिय संक्रमितहरु रहेका छन् भने तीन हजार ११७ जनाको मृत्यु भइसकेको छ।

२४ घण्टामा २५२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रदेश १ मा बिहीबारमात्र १६७, प्रदेश २ मा ९०, बागमतीमा १४११, गण्डकीमा ४०, लुम्बिनीमा ५५८, कर्णालीमा दुई र सुदुरपश्चिममा ९७ जनामा कोरोना पुष्टि भएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com