केपी ओली र माधव नेपालबीच २ घण्टा ‘वान टु वान’ भेटवार्ता, ओलीले गरे बालुवाटारमा ब्रिफिङ


प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार

लामो समयदेखि चिसिएको सम्बन्धलाई केही तातो बनाउँदै सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच २ घण्टा ‘वान टु वान’ भेटवार्ता भएको छ। दुई शीर्ष नेताबीच काठमाडौंको मेरियट होटलको ९०१ नम्बर कोठामा भेटवार्ता भएको हो।

भेटवार्तामा के कुराकानी भयो भन्ने सार्वजनिक नगरिए पनि एमाले औपचारिक रुपमा फुटको संघारमा पुगेका बेला दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।

नेता नेपाल ‘साथीहरुसँग छलफल गर्नै बाँकी छ। अहिले केही बोल्दिनँ’ भनेर बाहिरिएका थिए। होटल परिसरमा भेटिएका प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले भेट सकारात्मक भएको संकेत गर्दै भने, ‘दुवै नेता बाहिरिने क्रममा प्रसन्न मुद्रामा हुनुहुन्थ्यो। राम्रो भएको हुनुपर्छ।’

नेपालसहित यसअघि निलम्बन गरिएका ४ नेतालाई २ दिनको अन्तिम समय र २७ अन्य संघीय सांसदलाई ३ दिनको स्पष्टीकरण सोधिएपछि झनै पेचिलो बनेको एमालेभित्रको विवाद दुवै नेताबीचको भेटले मत्थर हुने आशा गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुधवारै नेता नेपालले बुद्धनगरमा आफूसमूहका स्थायी कमिटी सदस्यसँग छलफल गरेका थिए भने सो समूहका नेता योगेश भट्टराई ‌ओलीलाई बालुवाटारमा भेटेर फर्किएका थिए।

बुद्धनगरको भेटलगत्तै नेपाल र झलनाथ खनालले नक्सालकै एक होटलमा बामदेव गौतमसँग छलफल गरेका थिए। उक्त भेटलगत्तै नेपाल ‌‌ओलीलाई भेट्न मेरियट होटल पुगेका थिए।

बालुवाटारमा ब्रिफिङ गरे ओलीले
वरिष्ठ नेता नेपालसँगको भेटबारे ओलीले बुधबार साँझ नै आफूपक्षीय नेताहरुलाई ब्रिफिङ गरेका थिए। उनले नेताहरुलाई सुझाव दिन पनि आग्रह गरेका थिए।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com