लङ आइल्याण्डको ‘ओयस्टर बे’को दक्षिण एशियाली सल्लाहकार समितिमा वास्तोला


प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार

न्युयोर्कको लङ आइल्याण्डमा रहेको ओयस्टर बेको दक्षिण एशियाली सल्लाहकार समितिको सदस्यमा लङ आइल्याण्डमा निवासी सामाजिक व्यक्तित्व विश्वराज वास्तोलालाई दक्षिण एशियाली सल्लाहकार समितिको सदस्य पदमा मनोनयन गरिएको छ । टाउन अफ ओयस्टर बेको स्थानीय निकायमा रहेको दक्षिण एशियाली सल्लाहकार समितिमा बास्तोलाई मनोनयन गरिएको हो ।

दक्षिण एशियाली सल्लाहकार समितिले समुदायलाई एकै साथ ल्याउन, दक्षिण एशियाली क्षेत्रका विविध कार्यक्रमहरू आयोजना गर्न, र सबै दक्षिण एशियाली सम्बन्धी सामुहिक मुद्दा एवं सरोकारहरू छलफल गरी सम्वन्धित निकायमा कार्यान्वयनको लागि सल्लाह दिने गर्दछ ।

मुस्लीम समुदायको पर्व रमादानको सन्दर्भमा वेस्टरवे टाउन हलमा आयेजित कार्यक्रममा वास्तोलालाई ओयस्टर बे टाउनका क्लर्क रेचर्ड लामार्काले मनोनयन पत्र प्रदान गरेका थिए । कार्यक्रममा वेस्टरवे टाउनका सुपरभाईजर जोसेफ सालाडिनो, अमेरिकाको लागि पाकिस्तानी काउन्सिल जनरल आयस्था अली, एसियन एडभाईजरी वोर्डका प्रिसिडेन्ट ह्यारी मलहोत्रा लगायतले मन्तव्य र शुभकामना दिए ।

विभिन्न राज्यका स्थानीय निकायका विभिन्न पदहरुमा नेपाली अमेरिकनको नियुक्ती र सहभागिता बढिरहँदा बास्तोलाको मनोनयन आएको हो । नेपाली अमेरिकनहरु विस्तारै अमेरिकन मुलधारमा अगाढि बढिरहँदा सामुदायिक बोर्डहरुमा सहभागी हुनेदेखि विभिन्न स्थानीय निर्वाचनहरुमा पनि उम्मेदबारी दिने क्रम बढेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com