उकालो लाग्दै कोरोना : २४ घण्टामा २३५१ संक्रमित, काठमाडौंमा मात्र ७८६ जनामा संक्रमण


प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार

छिमेकी मुलुक भारतमा दैनिक ३ लाख संक्रमित थपिइरहेका बेला नेपालमा पनि कोरोनाको दोस्रो लहर तीव्र हुन थालेको छ। पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ३ सय ५१ जनामा कोभिड–१९ संक्रमण देखिएको छ।

यो अवधिमा काठमाडौंमा मात्रै ७ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, ललितपुरमा १ सय ८१ र भक्तपुरमा ८४ जनामा संक्रमण देखिएको छ।

२४ घण्टामा थप २८७ जना निको भएका छन्। निको हुने दर ९३.३ प्रतिशत पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ८ हजार ८४४ जनाको पीसीआर बिधिबाट परीक्षण गर्दा २ हजार २२० जना र ८०३ जनाको एन्टीजेन परीक्षण गर्दा १३१ जना गरी थप २ हजार ३५१ जनाको रिपोर्ट पोजेटिभ आएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

थप संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ। क्वारेन्टिनमा ८६ जना छन्। आइसीयूमा १८० र भेन्टीलेटरमा ४७ जना उपचाररत छन्।

अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयकाे आग्रह
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यवाश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ। कोरोनाको संक्रमण दर अत्याधिक बढेकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन मन्त्रालयले आग्रह गरेको हो।

नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले बिनाकाम घर बाहिर ननिस्कन आग्रह गरेका छन्।

कोरोना संक्रमणको दर हरेक चार दिनमा दोब्बर हुँदै गएको मन्त्रालयले जनाएको छ।

‘संक्रमणको दर अत्यधिक बढ्दै गएको छ। आजमात्रै दुई हजार बढी संक्रमित थपिएका छन्,’ गौतमले भने,‘हाम्रो स्वास्थ्य संरचनाले धान्नै नसक्ने गरी संक्रमितको संख्या बढ्दै गइरहेको छ। अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कौं। सभा, सम्मेलन, जात्रा नगर्न आग्रह छ।’

स्वास्थ्य संरचनाले धान्न नसक्ने गरी संक्रमितको संख्या बढ्दै गइरहेको प्रवक्ता गौतमको भनाइ छ।

संक्रमणको जोखिम न्यूनीकरणका लागि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालन गर्न उनले सबैलाई आग्रह गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com