नयाँ बर्षमा अमेरिकामा क्वीन्स र क्लासिक डायमण्डबाट सुन उपहार, मे १३ सम्म यसरी गर्नुहोस् साइनअप


प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार

नेपाली नयाँ बर्षको अवशरमा अमेरिकामा रहेको क्लासिक डायमण्ड एण्ड ज्वेलरी तथा न्युयोर्कमा रहेको क्वीन्स डायमण्ड एण्ड ज्वेलरीले सुन उपहार योजना अगाडि ल्याएको छ । लक्की ड्रबाट छानिने तीजनालाई सुन उपहार प्रदान गरिने भएको छ ।

पहिलो उपहारका १ आउन्स ९९ दशमलव ९ प्रतिशत शुद्ध सुनको बार प्रदान गरिने भएको छ भने दोश्रो उपहारका रुपमा आधा आउन्सको ९९ दशमलव ९ प्रतिशत शुद्ध सुनको बार प्रदान गरिनेछ । त्यस्तै तेश्रो उपहार एकतिहाई आउन्स ९९ दशमलव ९ प्रतिशत शुद्ध सुनको बार प्रदान गरिनेछ । सट्टामा त्यही बराबरको आफूले मन परेको गहना पनि लिन सकिनेछ ।

३० बैशाख अर्थात् १३ मे सम्म साइनअप गर्न सकिनेछ भने ३१ बैशाख अर्थात् १४ मे मा लक्की ड्रबाट विजेताको घोषणा गरिने भएको छ । एउटा परिवारको तर्फबाट एउटामात्र इन्ट्री गर्न सकिनेछ भने संयुक्त इन्ट्रीलाई मान्यता नदिइने जनाईको छ । अहिलेका लागि अमेरिकाभित्रको इन्ट्रीलाईमात्र स्वीकार गरिने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कम्प्युटर प्रणालीबाट अटोमेटिक रुपमा लक्की ड्रमार्फत छनौट गरेर विजेताको घोषणा गरिने भएको छ । विजेताले उपहार दावी गर्नका लागि आफ्नो परिचयपत्र पेश गर्नुपर्नेछ । उपहार नगदका रुपमा भने प्रदान नगरिने जनाइएको छ ।

लक्की ड्रमा सहभागी हुनका लागि क्लासिक डायमण्ड एण्ड ज्वेलरी तथा क्वीन्स डायमण्ड एण्ड ज्वेलरीको ग्राहक हुन आवश्यक छैन ।

साइनपअ गर्नका लागि यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com