माओवादीले भन्यो–सरकारलाई समर्थन छैन, लेखेर दिनमात्र बाँकी छ


प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे मंगलबार पनि कुनै निर्णय गर्न सकेन। मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गर्ने आँकलन गरिए पनि निर्णय नगरेकाे हाे।

बैठकपछि बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले समर्थन फिर्ता लिनेबारे छलफल भए पनि निर्णय नभएको बताए।

वर्तमान सरकारलाई आफूहरूको समर्थन नरहेको बताउँदै उनले केवल औपचारिक रूपमा लेखेर दिनमात्र बाँकी रहेको  उल्लेख गरे।

‘अहिलेको सरकारलाई हाम्रो समर्थन छँदै छैन, केबल लेखेर दिनमात्र बाँकी छ,’ श्रेष्ठले भने,‘तर देशमा राजनीतिक अन्योलताको स्थिति सिर्जना नहोस्। संविधान र लोकतन्त्रमाथि खतरा उत्पन्न हुनेगरी चुनावको घोषणा हुने। तर, चुनाव नहुने स्थितितर्फ देश नधकेलियोस्। त्यसकारण हामी सुविचारी ढंगले कदम चाल्ने समयको बाटो कुरेर बसिरहेका छौं।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले वर्तमान सरकारलाई विस्थापित गरेर नयाँ सरकार गठनका लागि आफूहरुले पहल गरिरहेको बताए।

संसदलाई प्रभावकारी बनाउनुपर्नेमा हठात् ढंगले अधिवेशन अन्त्य गरेर सरकारले अलोकतान्त्रिक, निरंकुश र असंवैधानिक कदम चालेको श्रेष्ठले बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com