एमालेमा स्पष्टीकरणको श्रृंखला : नेपालसहितका नेताहरुलाई सांसदबाट हटाउने ओलीको चेतावनी (पत्रसहित)


प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित उनीपक्षीय सांसदहरुलाई सांसदबाट हटाउने चेतावनीसहित स्पष्टीकरण सोधेका छन्।

वरिष्ठ नेता नेपाललाई पार्टीको नाम र निर्वाचन चिन्ह सूर्यको दुरुपयोग गरेको आरोप ओलीले लगाएका छन्। उनलाई दुई दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।

‘तपाईंले नेकपा एमालेको विधानमा व्यवस्थाहरु विपरीत अनुशासन उल्लंघन गर्नुभएको प्रष्ट देखिएकाले तपाईंलाई कारबाही किन नगर्ने ? साथै राजनीतिक दलसम्बन्धी ऐनबमोजिम तपाईंले छुट्टै राजनीतिक दल गठन गरेकोमा किन कारबाही नगर्ने? र तपाईंलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने आधार कारणसहित दुई दिनभित्र स्पष्टीकरण पेश गर्नु हुन निर्देशन गर्दछु,’ स्पष्टीकरण पत्रमा भनिएको छ।

सच्चिनका लागि दिइएको यो अन्तिम मौका भएको भन्दै ओलीले यस मौकालाई पार्टीको कमजोरी ठानी पार्टीविरोधी गतिविधि कायमै राखेमा कुनै बखत कारबाही गर्न सकिने चेतावनी दिएका छन्। ओलीले माधव नेपालले गरेका क्रियाकलापलाई आपराधिक संज्ञा दिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, नेता सुरेन्द्र पाण्डेलाई २ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ। उनलाई पनि संघीय संसदको सदस्य पदबाट हटाउने चेतावनी दिँदै चित्तबुझ्दो स्पष्टीकरण नदिइएमा कारबाही गर्ने चेतावनी दिइएको छ।

ओलीले यसअघि नै नेताहरु माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिना निलम्बनको कारबाही गरिसकेका छन्।
यस्तै, नेपालपक्षीय सांसद मेटमणि चौधरीसँग ३ दिने स्पष्टीकरण माग गरिएको छ। पार्टी नेतृत्वको सरकारविरुद्धका क्रियाकलाप कायम रहेमा जुनसुकै बेला थप कडा कारबाही गर्नुपर्ने अवस्था आउने चेतावनी दिँदै ओलीले यस्ता पार्टीविरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्कने मौका दिन स्पष्टीकरण पत्र लेखिएको जनाएका छन्।

‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो, आफ्ना विचार र क्रियाकलापहरु सच्याइ नयाँ राजनीतिक दलको रुपमा तपाईं संलग्न भएको गतिविधिमा नलागी नेकपा एमाले दलको पक्षमा आउने प्रतिबद्धतासहितको सप्रमाण जवाफ प्राप्त भएमा पार्टीले विचार गर्नेनै छ,’ पत्रमा भनिएको छ, ‘यस सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टीविरोधी गतिविधि कायमै राखेमा कुनै वखत कारबाही गर्न सकिने व्यहोरा जानकारी गराइन्छ।’

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com