अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको २ घण्टा नबित्दै मन्त्री ‘उपहार’


प्रकाशित मिति : बैशाख ६, २०७८ सोमबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध सोमबार दर्ता भएको अविश्वास प्रस्ताव प्रदेशसभामा प्रक्रियामा जानुअगावै तुहिएको छ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जनता समाजवादी पार्टी (जसपा) का ३ सांसद मन्त्री बनेसँगै प्रस्ताव बीचैमा तुहिएको हो।

जसपा प्रदेशसभा सदस्य विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी र कल्पना पाण्डेलाई मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारका मन्त्री नियुक्त गरेका हुन्। तीमध्ये पाण्डेले भने अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी थिइनन्।

उनीहरुलाई सोमबारै प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनीयताको सपथ दिलाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबार बिहान कांग्रेस, माओवादी केन्द्र र जसपाले संयुक्त रूपमा सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

जसमा माओवादी केन्द्रका १७, कांग्रेसका १९ र जसपाका ५ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका थिए र माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीका लागि प्रस्ताव गरिएको थियो।

अविश्वास प्रस्ताव दर्ता भएपछि माओवादी केन्द्रका कुलबहादुर केसी र सुदर्शन बरालले मन्त्री पदबाट राजीनामा दिएका थिए।
८५ सदस्यीय लुम्बिनी प्रदेशसभामा नयाँ सरकार गठनका लागि ४३ सांसदको समर्थन आवश्यक पर्नेमा ४१ सांसदले हस्ताक्षर गरेको बताइएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com