लुम्बिनी प्रदेश मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसी प्रस्तावित


प्रकाशित मिति : बैशाख ६, २०७८ सोमबार

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। पोखरेलविरुद्ध माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।

अविश्वास प्रस्तावमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीका लागि प्रस्ताव गरिएको छ।

अविश्वास प्रस्तावमा माओवादी केन्द्रका १७, कांग्रेसका १९ र जसपाका ५ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन्।

जसपा प्रदेशसभा सदस्य कल्पना पाण्डेले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी छैनन्। पाण्डे जसपा अध्यक्ष महन्थ ठाकुरनिकट मानिन्छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी राष्ट्रिय जनमोर्चाका पनि एक प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छैनन्।

८५ सदस्यीय लुम्बिनी प्रदेशसभामा नयाँ सरकार गठनका लागि ४३ सांसदको समर्थन आवश्यक छ।

अविश्वास प्रस्ताव दर्ता भए पनि नयाँ सरकार बनाउन माओवादी, कांग्रेस र जसपा गठबन्धनलाई दुई सदस्य अपुग देखिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com