राष्ट्रपतिद्वारा संसद् अधिवेशन अन्त्य


प्रकाशित मिति : बैशाख ६, २०७८ सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा गरेकी छिन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन्।

त्यसअघि मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।

राष्ट्रपति कार्यालयले सोमबार संसद् अधिवेशन अन्त्य गरेको पत्र संसद् सचिवालयलाई पठाएको छ। पत्रमा राष्ट्रपतिले भनेकी छन्, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८–१–६ को सिफारिसमा प्रतिनिधि सभाको चालु अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपराह्न १ः०० बजेदेखि अन्त्य गरेको छु ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com