वैशाखभरि सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय


प्रकाशित मिति : बैशाख ६, २०७८ सोमबार

सरकारले सहरी क्षेत्रका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस महामारीबाट बालबालिका जोगाउन सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकले वैशाखभरि विद्यालयहरूमा पठनपाठन बन्द गर्ने निर्णय गरेको हाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण।का हिसाबले अति प्रभावित १४ जिल्लाका विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको बताएको थियो । काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङलाई मन्त्रालयले अतिप्रभावित भनी वर्गीकरण गरेको थियो ।

यस्तै सरकारले काेराेना संक्रमण नियन्त्रणसम्बन्धी आदेश पनि जारी गर्ने निर्णय भएकाे छ। आदेश साेमबार नै राजपत्रमा प्रकाशित हुनेछ। जसमा २५ जनाभन्दा बढी भेला हुन नपाउनेलगायतका नियम छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com