नेपालमा तीव्र हुँदै कोरोनाको दोस्रो लहर, एकै दिन १०९६ जनामा संक्रमण पुष्टि


प्रकाशित मिति : बैशाख ५, २०७८ आईतबार

नेपालमा कोरोनाको दोस्रो लहर झन् तीव्र भएको छ। पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ। ५ हजार ८४ नमुनाको पिसिआर र ६ सय ९९जनाको एन्टिजेन्ट परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

उपत्यकामा भक्तपुरमा ४५, ललितपुरमा ६४ र काठमाडौंमा तीन सय २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर ८५ जना क्वारेन्टिनमा रहेका छन्। २४ घण्टामा दुई ६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या छ हजार दुई सय ९० पुगेको छ।

हाल निको हुने दर ९६.७ प्रतिशत रहेको छ। आइतबार देशभर कोरोना संक्रमित भई एक सय १६ जना आईसियुमा छन् भने ४६ जना भेन्टिलेटरमा रहेका छन्।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com