बालरोग विशेषज्ञहरुको आग्रह : बालबालिकालाई विद्यालय नपठाऊँ


प्रकाशित मिति : बैशाख ५, २०७८ आईतबार

बालरोग विशेषज्ञहरुको संस्था नेपाल पेडियाट्रिक सोसाईटीले कोरोना संक्रमणको जोखिममा बालबालिकाहरु रहेको भन्दै उनीहरुलाई विद्यालय नपठाउन अभिभावकहरुलाई अपिल गरेको छ।

सोसाइटीले आइतबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य मापदण्ड पूरा हुने अवस्था भएमात्र बालबालिकालाई विद्यालय वा कलेज पठाउन आग्रह गरेको हो।

पहिलो लहरको कोरोना संक्रमणको तुलनामा यो कोभिड–१९ कम उमेरका व्यक्तिहरुमा संक्रमण भइरहेको छ। संक्रमण पुष्टि भएकामध्ये १० प्रतिशत संक्रमितहरु बालबालिका नै रहेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘हाल नेपालमा युके भेरियन्ट, डबल म्युटेन्ट भेरियन्टहरु भेटिएका छन्। यी भेरियन्टहरु पहिलाका स्वरुपहरुको भन्दा छिटो फैलिनुका साथै बालबालिका, युवाहरु बढी संक्रमित भएको पाइएको छ। ठूला व्यक्तिहरुको तुलनामा बालबालिकाहरुको परीक्षण कम भएको पाइएको छ। बालबालिकाहरु बिरामी हुँदा, विदेश जानुपरे, परिवारका सदस्यहरुमा संक्रमण देखिए मात्र परीक्षण भएको देखिन्छ। त्यसैले बढी सतर्क हुनुपर्दछ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कतिपय बालबालिकामा लक्षण नदेखिए पनि उनीहरुले अन्य व्यक्तिहरुमा सार्नसक्ने सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ।

रोग लागेको ४ देखि ६ हप्तापछि मल्टि सिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम (एमआईएससी) भई बालबालिकाहरु सिकिस्त अवस्थामा पुग्ने बताइएको छ।

यो रोग लागे बच्चाहरुलाई गम्भीर विरामी बनाउँदछ, आईसीयुको आवश्यकता पर्छ भने उपचार पनि निकै महंगो रहेको छ।

एमआईएससीका लक्षणहरुमा ज्वरो, कडा झाडापखाला, बढी पेट दुख्ने, श्वास फेर्न गार्‍हो हुने, मुटुमा समस्या हुने आदि हुन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com