फ्लोर क्रस गर्ने एमालेका ३ सांसद निस्कासित, पाए मन्त्री उपहार


प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार

नेकपा (एमाले) ले प्रदेश सभामा फ्लोर क्रस गर्ने तीन सांसदलाई पार्टी सदस्यबाटै निष्कासित गरेको छ। एमाले प्रदेश कमिटीले सांसदहरू नन्दसिंह बुढा, अमरबहादुर थापा र कुम्भराज शाहीलाई सदस्यबाटै निस्कासन गरेको हो। यस्तै राष्ट्रिय महाधिवेशन आयोजक कमिटीसदस्यसमेत रहेका प्रकाश ज्वालालाई निष्कासन गर्न केन्द्रमा सिफारिस गरिएको एमालेको कर्णाली प्रदेश कमिटीले जनाएको छ।

शुक्रबार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन लाग्दा पार्टीको निर्णयविरुद्ध गएर फ्लोर क्रस गर्दै एमालेका चार सांसदले शाहीको पक्षमा मतदान गरेका थिए।

सांसद ज्वालाले एमाले पुनःस्थापित भएपनि पार्टीभित्रका समस्या समाधान नगरी एकलौटी तरिकाले चलाइएको भन्दै केन्द्रलाई सन्देश दिन फ्लोर क्रस गरिएको बताएका थिए। उनीहरुको सहयोगले कर्णालीमा महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढल्नबाट जोगिएको थियो।

मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गरेका छन्। यही वैशाख ३ गते विश्वासको मत हासिल गरे पश्चात् मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् हेरफेर गरेका हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जसअनुसार उनले एमाले माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषितथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका छन्। उनीहरुले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका थिए।

यस अघिका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालय सम्हालिरहेकी थिइन्। नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको सपथ आइतबार लिने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com