सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिसिएमसीको सिफारिस


प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको छ। शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालयका बालबालिकामा जोखिम बढेको भन्दै यस्तो सिफारिस गर्ने निर्णय गरेको हो।

यसअघि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेका ठाउँका विद्यालय बन्द गर्नेबारे बैठकमा छलफल भएको थियो। मन्त्रालयले काठमाडौं उपत्यकासहितका १५ सहरका विद्यालय बन्द गर्नुपर्ने बताएको छ। यस्तै काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ।

अब विद्यालय बन्द गर्ने वा नगर्ने अन्तिम निर्णय मन्त्रिपरिषद बैठकले गर्नेछ।

सर्वदलीय बैठकमा कोरोना संक्रमणबारे छलफल
बालुवाटारमा शनिबार नै बसेको सर्वदलीय बैठकमा कोरोना संक्रमण नियन्त्रणमाथि छलफल भएको छ। देशमा पछिल्लो समय संक्रमण बढ्दै गएको भन्दै दलहरुको साझा धारणा बुझ्न प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बैठक बोलाएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठकमा सहभागी दलका प्रतिनिधिले कोरोना संक्रमण बढ्दै जानु चिन्ताको विषय भएको भन्दै यसलाई नियन्त्रणका लागि सरकारले कडा स्वास्थ्य मापदण्डकका कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

उनले कोरोनाको ‘हटस्पट’ भएको ठाउँका विद्यालय बन्द गर्न सकारलाई सुझाव आएको बताए। ‘दलहरुले तत्काल लकडाउनमा जान नहुने र जोखिम बढी भएका ठाउँका विद्यालय बन्द गर्न सुझाव दिएका थिए।

यस्तै, दलहरुले स्वास्थ्य मापदण्ड कडाइकासाथ लागू गर्न पनि सुझाव दिएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com