स्वास्थ्य मन्त्रालयको आग्रह : विद्यालय, रात्रि व्यवसायमा सहभागी नभइदिनुस्


प्रकाशित मिति : बैशाख २, २०७८ बिहीबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण प्रभावका हिसाबले नेपालमा अबका दिन निकै चुनौतीपूर्ण हुनसक्ने बताएको छ।

बिहीबार एक अपिल जारी गर्दै मन्त्रालयले कोभिड संक्रमणबाट जोडिन संवेदनशील बनिदिन र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न र गराउन एवं ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेवार बन्न आग्रह गरेको छ।

मन्त्रालयले संक्रमणका हिसाबले १४ जिल्लालाई अति प्रभावित भनेर बर्गीकरण गरेको छ।जसमा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ छन्।

ती जिल्लामा बढी भीडभाग हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुँरा तथा क्लब, खेलकुद, जीम, सार्वजनिक पुजाआजा तथा जात्रा, सभा, सम्मेलन, बैठक, भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब,स्वीमिङ पुललगायतका स्थानमा सहभागी नभइदिन आग्रह गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, सबै अस्पतालले अनिवार्य रुपमा फिभर क्लिनिक सञ्चालन गर्न तथा कोभिड १९ परीक्षणका लागि नमुना संकलन तथा परीक्षणको व्यवस्थापन गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com