गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता


प्रकाशित मिति : बैशाख २, २०७८ बिहीबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अगुवाइमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सहयोगमा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।

विपक्षी दलहरूले अविश्वास प्रस्ताव ल्याउन तयारी गरिरहेकै बेला गण्डकी सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मध्यरातमा अचानक अन्त्यको घोषणा गरेका थिए।

कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरूको हस्ताक्षरसहित विहीबार १.३५ मा प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।

अविश्वास प्रस्तावबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रतिगमनका मतियारहरूलाई सरकारमा बस्ने अधिकार नरहेकाले गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको जनाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गुरुङले लोकतान्त्रिक मूल्यमान्यताविपरित चोर बाटोबाट अधिवेशन अन्त्य गरेको उनले बताए। चोर बाटोबाट अधिवेशन अन्त्य गरिएकाले आफूहरूले विशेष अधिवेशनको माग गर्ने उनको भनाइ थियो। सरकारविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा जनमोर्चाले सहयोग गर्ने आश्वासन दिएको नेपालीले जनाएका छन्।

अविश्वास प्रस्ताव पास भइसकेपछि तीन दल मिलेर सरकार बनाइने उनले विश्वास व्यक्त गरे।

यसअघि बुधवार साँझ बसेको मन्त्रिपरिषद बैठकले चालू अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषदले गरेको उक्त निर्णय बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ (२) बमोजिम बुधबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com