प्युठान जिप दुर्घटना : गुल्मीका प्रशासकीय अधिकृतसहित ५ जनाको मृत्यु


प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार

प्युठानको स्वर्गद्वारी नगरपालिका ४ रुमालेमा बुधबार बिहान जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। नयाँ वर्षको अवसर पारेर स्वर्गद्वारी दर्शनका लागि गएको जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहित १४ जना चढेको लु १ ज १६५५ नम्बरको जिप दुर्घटना भएको हो।

मृत्यु हुनेमा प्रशासकीय अधिकृत श्याम न्यौपाने, खरिदार यामलाल पन्थी, कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्दा शाखाका इश्वर भण्डारी र जिप चालक केशव कार्की छन्। पन्थी र भण्डारीको घटनास्थलमै मृत्यु भएका थियो।

बसलाई ओभरटेक गर्न खोज्दा जिप सडकबाट झण्डै १ सय मिटर तल खसेकाे थियो।

गम्भीर घाइते हुनेमा १२ वर्षीय पार्थक ज्ञवाली र प्युठान घर भई जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत खरिदार ३५ वर्षीय सन्दिप परियार छन्। उनीहरुलाई थप उपचारका लागि हेलिकाेप्टरबाट काठमाडौं लगिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्य घाइतेमा २३ वर्षीया सुुनिता कँडेल, २९ वर्षीया वसन्ती पौडेल, उनकी ४ वर्षीया छोरी निकिता पौडेल,  ३० वर्षीया गीता मुखिया उनका  १२ वर्षीय छोरा अनिस मुखिया, २४ वर्षीया तारा भडारी बोहरा, उनका ६ वर्षीय छोरा आशिष बोहरा, ३३ वर्षीय डिलबहादुर थापा, २७ वर्षीय कमला ज्ञवाली र २५ वर्षीय मुना पाण्डे छन् ।

जिपमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी र उनीहरुका परिवार सवार रहेको बताइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com