नेपालमा २४ घण्टामा थपिए ६०३ संक्रमित, उपत्यकामा मात्रै २५४ थपिए


प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार

नेपालमा कोरोना संक्रमण तीव्र भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४ हजार २ सय ८९ जनाको पिसिआर र ४ सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा थप ६०३ जना संक्रमण पुष्टि भएको हो।

बुधबार देशभर ४ हजार ५६ सक्रिय संक्रमित छन्। जसमध्ये संस्थागत आइसोलेसनमा ४४७ र होम आइसोलनमा ३ हजार ५९९ छन्।

काठमाडौं उपत्यकामा २५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। जसमध्ये भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ संक्रमित थपिएका छन्।

त्यसैगरी, ७९ जना क्वारेन्टाइनमा छन्। गत २४ घन्टामा १२९ संक्रमित डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हालसम्म संक्रमित मध्ये ९७.५ प्रतिशत निको भएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्रालयका अनुसार ८० जनाको आइसियु र २५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com