विद्यालय एक महिनासम्म बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस


प्रकाशित मिति : चैत्र ३१, २०७७ मंगलबार

कोरोनाको दोस्रो लहर तीव्र हुँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयहरु एक महिना बन्द गर्न सिफारिस गरेको छ।

मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला सहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको हो।

यो अवधिमा अनलाइनमार्फत् पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोरोना चेन ब्रेक गर्न कम्तिमा ३० दिन विद्यालय बन्द गर्नुपर्ने बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले देखिएको नयाँ भेरिएन्ट युवा र कम उमेर समूहमा देखिएको भन्दै उनले विद्यालय बन्द गरेर अनलाइन पठनपाठन गर्न सुझाव दिइएको बताए।

असार अन्त्यसम्म संक्रमितको संख्या ६ लाखसम्म पुग्ने प्रक्षेपण मन्त्रालयले गरेको छ।

अहिले देखिएको संक्रमणको दरको हिसाबले यस्तो प्रक्षेपण गरिएको मन्त्री त्रिपाठीले बताए। जेठ अन्तिम र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने प्रक्षेपण गरेको मन्त्री त्रिपाठीले सुनाए।

युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिनु डरलाग्दो रहेको बताउँदै उनले संक्रमणको क्रम भंग गर्न उपत्यकासहित ठूला सहरहरूमा एक महिना विद्यालय बन्द गरेर अनलाई कक्षा सञ्चालन गर्न सिफारिस गरिएको बताए।

पछिल्ला १० दिनमा २ सय ८० बालबालिकामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ।

४६० संक्रमित थपिए
पछिल्लो २४ घन्टामा थप ४ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको कूलसंख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मगंलबार ३ हजार ६ सय ८ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा १ सय ५३ जना निको भएका छन्। यो सँगै निको हुने संख्या २ लाख ७४ हजार ३ सय १८ पुगेको छ।

पछिल्लो विवरण अनुसार कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। मन्त्रालयको तथ्यांक अनुसार कोरोनाबाट मृत्यु हुने संख्या ३ हजार ५८ पुगेको छ। मंगलबार ८५ जना क्वारेन्टाइनमा छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com