संसदमा नक्सा चर्चा : ‘चुच्चे नक्साको भ्रुण हत्या भएको हो?’


प्रकाशित मिति : चैत्र ३०, २०७७ सोमबार

प्रतिनिधिसभाको सोमबारको बैठकमा लिम्पियाधुरासहितलाई समेटेर प्रकाशित नेपालको नयाँ नक्साले चर्चा पायो। बैठकमा बोल्दै सांसदहरुले नक्सा प्रकाशित गरे पनि भूमि फिर्ता ल्याउन कुनै वास्ता नगरिएको भन्दै सरकारसँग जवाफ माग गरे।

नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले प्रश्न गरे, ‘चुच्चे नक्सा कता हरायो, त्यसको भ्रुण हत्या भएको हो कि राष्ट्रिय राजनीतिको सानो मोहरामात्र हो?’

नेपाली कांग्रेसकै पुष्पा भूषालले सरकारबाट राष्ट्रियता देखाउने र चुच्चे नक्सा हराउने काम भएको भन्दै हालै वितरण गरिएका मान, पदवी र विभूषणमा समेत सो नक्सा नहुनु दुःखद् रहेको बताइन्। उनले संसद्बाट पारित चुच्चे नक्सालाई सरकारले पाठ्यक्रममा राख्न रोकेको भन्ने विषयका सम्बन्धमा जवाफ माग गरिन्।

सरकारले लिम्पियाधुरा,कालापानी र लिपुलेकसहितको भूभागलाई समेटेर नेपालको नयाँ नक्सा प्रकाशित गरे पनि भूमि फिर्ता ल्याउने कुनै पहल गरेको छैन। उक्त भूभाग भारतीय नियन्त्रणमै छ भने त्यस क्षेत्रमा नेपाली सुरक्षाकर्मी तथा नागरिकहरुलाई समेत जान दिइएको छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com