पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी (कसकाे कति मत?)


प्रकाशित मिति : चैत्र २८, २०७७ शनिबार

नेपाल पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी भएको छ। यही चैत २५ गते भएको निर्वाचनमा पोखरेल ६ हजार ९ सय ४२ मत सहित विजयी भएका हुन्।

पोखरेलका निकटतम प्रतिद्वन्द्वी निर्मला शर्माले ३ हजार ९ सय १५ मत पाइन् । अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ४ सय ९१ मत पाए। पोखरेललाई समर्थन गर्दै मैदान खाली गरेका अध्यक्षका प्रत्यासी रामप्रसाद दाहालले पपिन १ सय ५६ मत पाएका छन्।

यस्तै, पोखरेल प्यानलका वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जिएम महिला उपाध्यक्षमा बाला अधिकारी र महासचिवमा रोशन पुरी विजयी भएका छन्।

यस्तै खुला सचिवमा गोविन्द चौलागाई, एशोसिएट सचिवमा पवन आचार्य, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी जनजाति सचिवमा नारायण किलम्बु, सधेसी सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विक विजयी भएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोखरेल प्यानललाई केन्द्रीय समितिको ५४ मध्ये ५२ पद
पोखरेल प्यानलले केन्द्रीय समितिको ५४ मध्ये ५२ पद हात पारेकाे छ। प्रतिष्ठान प्रदेशमा एक सदस्य र प्रदेश २ मा एक सदस्य अन्यले जितेका हुन्। निर्मला शर्मा प्यानल कुनै पनि पदमा विजयी हुन सकेन।

नेपाल पत्रकार महासंघ निर्वाचनकाे अन्तिम परिणाम हेर्न यहाँ क्लिक गर्नुहाेला

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com