बढ्दो कोरोना संक्रमण : शैक्षिक संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयले गर्‍यो सिफारिस


प्रकाशित मिति : चैत्र २७, २०७७ शुक्रबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) लाई सिफारिस गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले पछिल्लो समय विद्यार्थीमा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै शैक्षिक संस्था अनलाइनबाट सञ्चालन गर्न अनुरोध गरिएको बताए।

‘बिहीबारको संक्रमणलाई हेर्दा १७ प्रतिशतभन्दा बढी बालबालिका संक्रमित भएका छन्। हाल संक्रमण फैलिने ठाउँ विद्यालय देखिएको छ,’ डा अधिकारीले भने, ‘तत्काल नै विद्यालय बन्द गरिएन भने अवस्था भयावह हुनसक्छ।’

पछिल्लो समय १८ वर्षसम्मका उमेर समूहका विद्यार्थीमा संक्रमण बढ्दै गएको पाइएको छ। हालसम्म कुल संक्रमितमध्ये बालबालिकामा ७ प्रतिशत संक्रमण देखिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन पनि सिफारिस गरेको छ। स्वास्थ्य जोखिम बढ्ने भन्दै २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने निष्कर्ष मन्त्रालयले निकालेको छ।

पछिल्लो २४ घन्टामा थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४ हजार ७१ नमुनाको पिसिआर परीक्षण गर्दा २ सय ८८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ।

शुक्रबार २ हजार ६ सय १५ सक्रिय संक्रमित छन्। गत २४ घन्टामा १ सय २७ जना संक्रमित निको भएका छन्। यो सँगै नेपालमा निको हुने संख्या २ लाख ७३ हजार ७ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com