पत्रकार महासंघ निर्वाचन : मत परिणाम आउने क्रम जारी, को–कहाँ विजयी भए?


प्रकाशित मिति : चैत्र २६, २०७७ बिहीबार

नेपाल पत्रकार महासंघको यही चैत २५ गते भएको शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। पत्रकार महासंघ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको थियो।

केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको थियो। केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ।

महासंघका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन्। महासंघको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ भने प्रदेश समिति २१ सदस्यीय रहने विधानको प्रावधान छ।

को-कहाँ भए विजयी?
एशोसियट प्रदेश – पत्रकार महासंघ एशोसियट प्रदेश अध्यक्षमा बैकुण्ठ पराजुली विजयी भएका छन्। उनले डीबी खड्कालाई भारी मतान्तरले पराजित गरे ।

उपत्यका प्रदेश – पत्रकार महासंघ उपत्यका प्रदेशमा अध्यक्षमा श्रीजन झा विजयी भएका छन्। महासचिवमा टेनिस रोक्का, सचिबमा रोशन पाण्डेसहितको प्यानल विजयी भएको छ।

प्रतिष्ठान प्रदेश – नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा अध्यक्ष बालकृष्ण अधिकारी नेतृत्वको प्यानल विजयी बनेको छ। समिति उपाध्यक्षमा वीरेन्द्र ओली, महासचिवमा रामकुमार शाही विजयी भएका छन्। महिला उपाध्यक्षमा रुक्मिणी पोखरेल, खुलातर्फका सचिवमा नरेन्द्र मानन्धर, समावेशी सचिवमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा विजयी भएका छन्

ललितपुर – पत्रकार महासंघ ललितपुर शाखा अध्यक्षमा सागर न्यौपाने विजयी भएका छन्। विपुल पोखरेल प्यानलका न्यौपानेले २६७ मत प्राप्त गरे।

झापा – महासंघ झापाको अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन्। १ सय ५५ मत प्राप्त गरी उनी विजयी भएका हुन्। प्रेस युनियनसहितको प्यानलबाट उम्मेद्वारी दिएका गिरीले १५५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी ओलीपक्षीय प्रेस चौतारीका विशाल नेम्बाङले ७४ मत ल्याए।

कास्की – कास्कीको अध्यक्षमा विमला भण्डारी निर्वाचित भएकी छन्। भण्डारीले आफ्ना प्रतिस्पर्धी केशवशरण लामिछानेलाई हराउँदै विजयी भएकी हुन्। निर्वाचनमा भण्डारीले १७४ मत पाउँदा लामिछानेले १२१ मत प्राप्त गरे।

धनुषा – धनुषा शाखामा पहिलोपटक महिला नेतृत्व निर्वाचित भएको छ। बुधबार सम्पन्न महासंघको २६ औं महाधिवेशनबाट धनुषा शाखाको अध्यक्षमा मनिका झा निर्वाचित भएकी हुन्। बिहीबार बिहान घोषित मतपरिणामअनुसार प्रेस संगठनकी झा ५० मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रेस मञ्चका पुरन साहले ४५ र प्रेस युनियनका उम्मेदवारले ४२ मत प्राप्त गरे।

म्याग्दी – म्याग्दी शाखाको अध्यक्षमा प्रकाश पौडेल ३० मत ल्याएर अध्यक्षमा निर्वाचित भए। उनका प्रतिस्पर्धी ठाकुरप्रसाद आचार्यले २७ मत प्राप्त गरे।

तनहुँ – तनहुँ शाखाको अध्यक्षमा उज्वल पौडेल निर्वाचित भएका छन्। पौडेल ५७ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी शेख मोहम्मद हनिफ ९गोरा मियाँ० ले ५३ मत ल्याए।

पर्वत – पर्वतको अध्यक्षमा सन्तोष थापा विजयी भएका छन्। थापा आफ्ना निकटतम प्रतिद्वन्द्वी अगन्धर तिवारी भन्दा दुई मतको अन्तरमा विजयी भएका हुन्। थापाले २८ र तिवारीले २६ मत प्राप्त गरे। थापा प्रेस चौतारी निकट पत्रकार हुन् भने पराजित तिवारी प्रेस युनियन निकट हुन्।

बझाङ्ग – बझाङ्गमा शैलेन्द्र रोकाया नेतृत्वको संयुक्त प्यानल विजय भएको छ। रोकायाले रमेश केसीलाई पराजित गरे।

डोटी – डोटीको अध्यक्षमा मोहन शाही विजयी भएका छन्। प्रेस युनियनका तर्फबाट उम्मेदवार रहेका शाही विजयी भएका हुन्।

बाजुरा – बाजुराको अध्यक्षमा छक्क बहादुर मल्ल निर्वाचित भएका छन्। प्रेमबहादुर बिकलाई हराउँदै मल्ल विजयी भएका हुन्। बिकले ४४ मत पाएका थिए भने मल्लले ५३ मत पाए।

दार्चुला – दार्चुलाको अध्यक्षमा निर्मला शर्मा नेतृत्वको प्रेस चौतारी समूह सबै पदमा विजयी भएको छ।

अछाम- अछामको अध्यक्षमा खम्मसिंह खत्री विजयी भएका छन्। दुई सदस्यबाहेक विपुल पोखरेल नेतृत्वको प्यानललै विजयी भएको हो।

डडेल्धुरा- डडेल्धुरामा हिक्मत सिंह विजयी भएका छन्। युनियनका बरुण पनेरुलाई हराउँदै सिंह विजयी भएका हुन्।

दोलखा– नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाको अध्यक्षमा दिपशङ्कर चौलागाईं निर्वाचित भएका छन्। प्रेस चौतारीका केदार शिवाकोटीलाई १० मतान्तरले पराजित गर्दै नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल र प्रेस चौतारी नेपालको गठबन्धनको तर्फबाट चौलागाई विजयी भएका हुन्।

उदयपुर– उदयपुरको अध्यक्षमा भरत खड्का ५४ मतका साथ निर्वाचित भएका छन्। खड्काका प्रतिद्वन्द्वी भोटराज राईले ३९ मत पाएका थिए।

चितवन– नेपाल पत्रकार महासङ्घ चितवनको अध्यक्षमा नारायणप्रसाद अधिकारी निर्वाचित भएका छन्। प्रेस युनियन नेतृत्वको गठबन्धनका उम्मेदवार अधिकारीले निकटम प्रतिद्वन्द्वी प्रेस चौतारीका उम्मेदवार तिलक रिमाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com