यसकारण एनआरएनको क्षेत्रीय सम्मेलनमा सबैको उपस्थीति जरुरी


प्रकाशित मिति : भाद्र ८, २०७३ बुधबार

-सोनाम लामा

गैर आवासीय नेपाली संघ (एनआरएनए) का आदरणीय संस्थापक, संरक्षक, सल्लाहकार, संघमा आवद्ध बिभिन्न देशका उच्च प्रतिनिधी, सदस्य, पत्रकार एवं अन्य सबैमा नमस्कार ।

एनआरएनएको नवौं क्षेत्रिय सम्मेलन शूरु हुन अब ३ दिन मात्र बाँकी छ । नवौं क्षेत्रिय सम्मेलनको आवश्यक तयारी पूरा भई सकेको र सम्मेलनमा सहभागिताको लागि बिभिन्न देशबाट संघका उच्च प्रतिनिधीहरुको आगमन भईरहेको यहाँहरुलाई जानकारी गराउन चाहन्छु । यस घडिमा सम्मेलन तयारीको लागि अहोरात्र खटी रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । एनआरएनएको नवौं क्षेत्रिय सम्मेलन अमेरिकाको न्युजर्सी राज्यमा आयोजना गर्न पाउनु हामी अमेरिकाबासी प्रवासी नेपालीहरुको सौभाग्यको विषय हो । यस सम्मेलन आफैमा ऐतिहासिक एवं महत्वपूर्ण सम्मेलनको रुपमा सम्पन्न हुनेछ भन्ने कुरामा म यस सम्मेलनको संयोजकको हैसियतमा विश्वस्त रहेकोछु ।

एनआरएनएको गरिमा र प्रतिष्ठा देश–बिदेशमा बढ्दै गएको बर्तमान परिप्रेक्ष्यमा सम्पन्न हुन लागेको यस नवौं क्षेत्रिय सम्मेलनलाई संसारभरबाट बिशेष महत्वका साथ हेरिदै आएको छ । यस सम्मेलनले संघको प्रतिष्ठा र साख अझ उँचो पार्ने र संघप्रतिको आर्कषण अझ बढ्ने कुरामा विश्वस्त छु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नवौं सम्मेलनमा सफल नेपाली व्यवसायीहरु बिनोद चौधरी, उपेन्द्र महत्तो र डा. शेष घलेले व्यवसायिक सफलता र सम्भावनाहरुको बारेमा सम्बोधन गर्नु हुनेछ । वहाँहरुको प्रेरणादायी सम्बोधन यस सम्मेलनको अर्काे आर्कषर्णको रुपमा रहनेछ ।

आगामी अगस्त २७ र २८ तारिख आयोजना हुन लागेको यस नवौं सम्मेलन सहभागिताको हिसाबले मात्र नभएर बिभिन्न नीति निमार्ण र कार्यक्रमको हिसाबले समेत ऐतिहासिक सम्मेलनको रुपमा सम्पन्न हुनेछ । संघको स्थापनाकालसँगै हामीले नेपाल सरकारसँग माग्दै आएको नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको स्वोदेशमा हक र अधिकार प्राप्तिको लागि तात्कालिन नेपाल सरकारका प्रमुख, संवैधानिक अंगका उच्च पदाधिकारी लगायतले अत्यन्त महत्व र चासोका रुपमा लिएर सकारात्मक कदम लिएकोमा हामी नेपाल सरकार र मातहतका पदाधिकारीहरुप्रति आभारी छौं । सम्मेलनमा प्रमुख अतिथिको रुपमा उपस्थित हुनु हुने पुर्व सभामुख एवं सुबास नेम्बाङ्गले यस विषयमा पक्कै पनि थप सम्बोधन गर्नु हुनेछ ।

बैशाख १२ मा नेपालमा गएको विनासकारी महाभुकम्प र त्यसपछि गएको कैयौं पराकम्पन पश्चात् एनआरएनएले तात्काल उद्धार कार्यसँगै पुर्नःवासको बिभिन्न कार्यक्रमहरुको लागि अग्रस्थानमा रहेर कार्यसम्पादन गरेको र कैयौं कार्यक्रमहरु सूचारु अवस्थामा रहेको हामी सबैमा विदितै छ । नवौं सम्मेलनमा यस विषयमा पनि बृहत् छलफल गरिने यहाँहरु सबैमा जानकारी गराउन चाहन्छु ।

नवौं सम्मेलनमा संघले आगामी ४ बर्षमा सम्पन्न गर्ने बिभिन्न कार्यक्रमहरुको गुरुयोजना स्वरुप “भिजन २०–२० एण्ड बियोण्ड” बिषयमा बृहत्तर छलफल गरी भावी कार्यक्रमहरु प्रस्तुत गर्नेछ । यससँगै विश्वका बिभिन्न ७४ देशमा स्थापित अन्तर्राष्ट्रि समन्वय परिषद (आईसिसी) र राष्ट्रिय समन्वय परिषद (एनसिसी) हरुको प्रगति विवरण र कार्यक्रमहरुको बारेमा मातहतका प्रतिनिधीहरुले जानकारी गराउनेछन् ।

नवौं सम्मेलनमा सफल नेपाली व्यवसायीहरु बिनोद चौधरी, उपेन्द्र महत्तो र डा. शेष घलेले व्यवसायिक सफलता र सम्भावनाहरुको बारेमा सम्बोधन गर्नु हुनेछ । वहाँहरुको प्रेरणादायी सम्बोधन यस सम्मेलनको अर्काे आर्कषर्णको रुपमा रहनेछ ।

नवौं सम्मेलनमा संघले आगामी ४ बर्षमा सम्पन्न गर्ने बिभिन्न कार्यक्रमहरुको गुरुयोजना स्वरुप “भिजन २०–२० एण्ड बियोण्ड” बिषयमा बृहत्तर छलफल गरी भावी कार्यक्रमहरु प्रस्तुत गर्नेछ । यससँगै विश्वका बिभिन्न ७४ देशमा स्थापित अन्तर्राष्ट्रि समन्वय परिषद (आईसिसी) र राष्ट्रिय समन्वय परिषद (एनसिसी) हरुको प्रगति विवरण र कार्यक्रमहरुको बारेमा मातहतका प्रतिनिधीहरुले जानकारी गराउनेछन् ।

अन्तमा यस ऐतिहासिक सम्मेलनमा यहाँहरु सबै उपस्थित भई संघसँग कार्यगत एकता अघि बढाउँदै आवश्यकीय नीति निमार्णमा यहाँहरुको सल्लाह, सुझाव र रायको अपेक्षा गर्दछौं ।

एनआरएन आईसीसीका तफर्बाट अमेरिका क्षेत्रका संयोजक लामा एनआरएनए नवौं क्षेत्रिय सम्मेलनका संयोजक हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com