पहिले नाकमा बस्ने हो कोरोना, त्यहीँबाट फालिदिएपछि चैट! : प्रधानमन्त्री ओली


प्रकाशित मिति : चैत्र २६, २०७७ बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका विषयमा अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्ने स्थिति आउनसक्ने बताएका छन्। बिहीबार नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित ७० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यहीकारण सबैले सचेत भई सावधानीका उपाय अपनाउनुपर्ने बताए।

भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने उनले बताए।

उनले कोरोना भाइरसको महामारी फैलन नदिने विषयमा आफू गम्भीर रहेको पनि बताए। महामारी नियन्त्रणमा लिन नसके प्रधानमन्त्रीकै आलोचना हुने भएकाले आफूले यसतर्फ विशेष सतर्कता अपनाइरहेको उनले बताए।

‘भ्याक्सिन आइपुगेन भने प्रधानमन्त्रीलाई गाली आउँछ, मान्छे बिमारी भयो प्रधानमन्त्रीलाई गाली आउँछ, निःशुल्क परीक्षण गरिएको छ, निःशुल्क उपचार गरिएको छ, निःशुल्क खोप लगातार चलाइएको छ तर पनि प्रधानमन्त्रीको आलोचना भइराखेकै छ,’ उनले भने, ‘कोभिड जहाँ लागे पनि हमला प्रधानमन्त्रीलाई हुन्छ भने प्रधानमन्त्रीले कोभिडलाई लखेट्नुपरेन? प्रधानमन्त्रीले पनि अब कोभिडलाई लखेट्छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले कोभिड-१९ विरुद्धको खोपले शतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबैभन्दा सुरक्षित विधि रहेको बताए।

‘अलि तात्तातो पानी लिँदै, नस लिँदै नाक सफा गर्दिउँ। पहिलो गएर नाकमा बस्ने हो कोरोना, त्यहीबाट फाल्दिएपछि चैट। नुनपानीले गार्गिल गर्दिनुहोस्, सकिन्छ भने अम्बाका दुइटा पात उमाल्दिउँ बेस्सरी गार्गल गरिदिउँ, घाँटीमा बसेको चैट। स्टिम लिदिउँ फोक्सोबाट चैट। यति गर्दा धेरै सुरक्षित भइन्छ,’ उनले भने, ‘अब शतप्रतिशत सुरक्षा त भ्याक्सिनले पनि गर्दैन। भ्याक्सिनले पनि केही प्रतिशत सुरक्षित गर्ने हो केही प्रतिशत बाँकी रहन्छ। त्यही केही प्रतिशतभित्र परियो भने गइगयो नि। त्यसकारण शतप्रतिशत भन्ने केही पनि छैन। तर हामीले सावधानी अपनाउन पर्दछ।’

कोरोनाविरुद्धको खोपले पनि सम्पूर्ण सुरक्षा दिन नसक्ने बताउँदै उनले सावधानी अपनाउनु नै कोरोना भाइरसको सर्वोत्तम औषधि भएको बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com