एमाले प्रवेश गरेका ४ मन्त्रीको सांसद पद गुम्यो


प्रकाशित मिति : चैत्र २६, २०७७ बिहीबार

नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका ४ सांसदको पद गुमेको छ। प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अग्नि सापकोटाले माओवादी केन्द्रका तर्फबाट सांसद बनेका टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, प्रभु साह र लेखराज भट्ट सांसद पदमुक्त भएको जानकारी गराएका हुन्।

नेकपा माओवादी केन्द्रले चैत २४ गते संसद सचिवालयमा आफ्ना ४ सांसद एमालेको केन्द्रीय सदस्य बनिसकेको भन्दै दल त्यागसम्बन्धी विद्यमान कानूनमा भएको व्यवस्थाबमोजिम उनीहरुको स्थान रिक्त रहेको बारे सूचना दर्ता गराएको थियो।

सोही आधारमा सभामुख सापकोटाले रायमाझीसहित ४ जना पदमुक्त भएको र संसदमा माओवादी केन्द्रको ४ पदरिक्त हुन आएको जानकारी गराए।

योसँगै माओवादी केन्द्र प्रतिनिधिसभामा ४९ सिटमा खुम्चिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब राजनीतिक दलसम्बन्धी ऐन बमोजिम सदस्यको स्थान रिक्त भएको जानकारी सम्बन्धित सचिवालयले निर्वाचन आयोगलाई पन्ध्र दिनभित्र दिनु पर्नेछ। प्रत्यक्ष निर्वाचित सांसदका हकमा उपनिर्वाचन र समानुपातिक सांसदका हकमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित हुने व्यवस्था छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com