नेपालमा उकालो लाग्दै कोरोना, २४ घण्टामा ३३९ जनामा संक्रमण पुष्टि, नयाँ भाइरस फैलिएको दाबी


प्रकाशित मिति : चैत्र २५, २०७७ बुधबार

पछिल्लो २४ घन्टामा ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका ४ हजार १ सयको नुमनाको पिसिआर परीक्षण र १ हजार ४० जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पिसिआर विधिबाट २ सय ९८ र एन्टिजेनबाट ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

मन्त्रालयका अनुसार बुधबार सक्रिय संक्रमितको संख्या २ हजार २ सय १ पुगेको छ।

जसमध्ये संस्थागत आइसोलेसनमा ४ सय ६० र होम आइसोलेसनमा १ हजार ७ सय ४१ जना छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काठमाडौं उपत्यकामा १६३ जनामा संक्रमण देखिएको छ। जसमध्ये भक्त्तपुरमा ५, ललितपुरमा २६ र काठमाडौंमा १३२ संक्रमण पुष्टि भएको छ।

बुधबार देशभरका ६५ जना क्वारेन्टाइन छन्। पछिल्लो २४ घन्टामा ७४ जना डिस्चार्ज भएका छन्।

कोरोना भाइरसको नयाँ प्रकार फैलिएको इपिडिमियोलोजी महाशाखाको दाबी
नेपालमा कोरोनाको नयाँ भाइरस फैलिँदो क्रममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखा प्रमुख डा. कृष्ण पौडेलले केही दिनयता कोरोनाको संक्रमण संख्या बढ्नुमा नयाँ भेरियन्ट जिम्मेवार रहेको संकेत गरे।

स्वास्थ्य मन्त्रालयको प्रेस बिफिङमा डा. पौडेलले ‘युके भेरियन्ट’ नेपालमा देखिइसकेको पुष्टि गरे। ‘नमुना परीक्षणमा युके भेरिन्यटसँग मिल्दोजुल्दो भाइरस देखिएका छन्। यसले ६ हप्ताभित्र संक्रमण संख्या बढ्ने निश्चित छ,’ डा. पौडेलले भने।

‘यो भाइरसले छिट्टो संक्रमण फैलाउछ। कम उमेरका व्यक्तिमा पनि बढी जटिलता हुने देखिएको छ,’ डा. पौडेलले भने, ‘जसले गर्दा अस्पतालमा भर्ना हुने दर बढी हुने र अक्सिजन आवश्यकता बढी हुने देखिएको छ।’ डा. पौडेलले सामाजिक दुरी प्रयोग, व्यक्तिगत सरसफाई तथा मास्कको प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरे।

रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न निर्देशन
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ।

नेपालमा कोरोना संक्रमण बढ्दो दरलाई मध्यनजर गर्दै मन्त्रालयले रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आग्रह गरेको हो।

मन्त्रालयले बुधबार सूचना जारी गर्दै घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ।

त्यसैगरी, बढी भीडभाड हुने स्थान सपिङ मल, सिनेमा हल, नाचघर, हेल्थ क्लब, स्वीमिङ पुल, पार्टी प्यालेस, मन्दिरलगायत क्षेत्रमा उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ।

यसैगरी ठूला शहरहरुमा ५ सयभन्दा बढी र साना शहरहरुमा एक सयभन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com