नेपाल–खनाल पक्षले गठन गर्‍यो सुदूरपश्चिमका ९ वटै जिल्लामा समानान्तर कमिटी


प्रकाशित मिति : चैत्र २५, २०७७ बुधबार

नेकपाको माधव नेपाल–झलनाथ खनाल पक्षले सुदूरपश्चिमका ९ वटै जिल्लामा समानान्तर कमिटी गठन  गरेको छ। सो समूहले कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बझाङ, बैतडी, बाजुरा, दार्चुला र अछाममा समानान्तर कमिटी गठन गरेको हो।

कैलालीमा दीर्घ सोडारी, कञ्चनपुरमा तारा लामा, डडेलधुरामा डा तारा जोशी, डोटीमा चक्र मल्ल, बझाङमा दिलबहादुर सिंह, बैतडीमा महादेव भट्ट, बाजुरामा गगन रावल, दार्चुलामा ज्ञानेन्द्र घर्ति र अछाममा शेरबहादुर कुँवरको अध्यक्षतामा समानान्तर कमिटी गठन गरिएको हो।

कैलालीमा अध्यक्ष चयन गरिएका सोडारी तत्कालीन नेकपामा हुँदा कारबाहीमा परेका थिए। पुस ७ मा बसेको माधव–प्रचण्ड नेकपाको केन्द्रीय बैठकले सोडारीको कारबाही फुकुवा गरेको थियो।

सो समूहले देशभर समानान्तर कमिटी गठन कार्यलाई तीव्र बनाएको छ। मंगलबार नै वागमती प्रदेशका जिल्लामा आफूपक्षीय नेतृत्व चयन गरेको छ। गत शनिबार गण्डकी प्रदेशका जिल्लामा समानान्तर कमिटी गठन भइसकेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com