आजबाट नेपालमा चिनियाँ खोप वितरण सुरु, प्रभावकारिताबारे फरकफरक तथ्यांक


प्रकाशित मिति : चैत्र २५, २०७७ बुधबार

नेपालमा चाइनिज भ्याक्सिन भेरोसेल लगाउने क्रममा

आजदेखि नेपालमा चीन सरकारले अनुदानमा दिएको कोरोनाबिरुद्धको खोप वितरण सुरु भएको छ। आजदेखि काठमाडौं उपत्यकामा तोकिएका अस्पतालबाट खोप वितरण सुरु गरिएको हो ।

उक्त खोप चीनको छात्रवृतिमा अध्ययन गरिरहेका विद्यार्थी, हिमालयपार व्यापारमा संलग्न व्यक्ति र अत्यावश्यक सेवामा संलग्न व्यक्ति लगायतलाई प्रदान गर्न सुरु गरिएको छ । अत्यावश्यक सेवाहरूमा स्वास्थ्य सेवा, खानेपानी, दुग्धपदार्थ वितरण, हवाई यातायात कर्मचारी, औषधि व्यवसायमा संलग्नहरू पर्छन् ।

चीनले नेपाल सरकारलाई अनुदानमा सिनोफार्मको ‘भेरोसेल’ खोपको ८ लाख डोज दिएको हो। चीन सरकारले चीनले विकास गरेको कोभिड खोप लगाएका विदेशीहरूलाई चीनमा आवतजावत सहज गराउने बताइसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

औषधि व्यवस्था विभागले यो खोपलाई गत फागुन ४ गते नै प्रयोगको अनुमति दिएको थियो। दुई डोज लगाउनुपर्ने खोप करिब २८ दिनको अन्तरालमा लगाउनु पर्छ। यो भ्याक्सिन ७९ प्रतिशत प्रभावकारी रहेको कम्पनीले जनाएको छ । ब्राजिल, टर्की र इन्डोनेशियामा गरिएका परीक्षणमा यो भ्याक्सिन ५० देखि ८३ दशमलव ५ प्रतिशत प्रभावकारी देखिएको छ । यो भ्याक्सिनको प्रभावकारिताबारे फरकफरक तथ्यांकहरु रहेका छन् ।

नेपालले अहिलेसम्म अक्सफर्ड आस्ट्राजेनेकाले विकाश गरेको र भारतको कम्पनीमा बनाइएको कोभिशिल्ड खोपमात्र वितरण गरेको छ । कोभिशिल्ड झण्डै १८ लाखलाई दिइसकिएको छ ।

मन्त्रालयसँग अब करिब साढे पाँच लाख मात्रा कोभिशिल्ड खोप बाँकी रहेको र सुरुमा लगाएकाहरुलाई दोस्रो मात्रा वैशाख ७ गतेदेखि दिइने जनाइएको छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com