माओवादीले संसद सचिवालयमा दर्ता गरायो ४ सांसदले दल त्याग गरेको सूचना


प्रकाशित मिति : चैत्र २४, २०७७ मंगलबार

नेकपा (माओवादी केन्द्र) ले सर्वोच्चको फैसलापछि पनि पार्टीमा नफर्किएको भन्दै ४ सांसदले दल त्याग गरेको सूचना संसद सचिवालयमा दर्ता गराएको छ।

सर्वोच्चको फैसलाबमोजिम टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले माओवादी केन्द्रको तर्फबाट प्रतिनिधित्व गर्नुपर्नेमा एमालेको गतिविधिमा संलग्न भएकाले उनीहरुले दल त्याग गरेको देखिएको भन्दै माओवादीले दल त्यागको सूचना संसद सचिवालयमा गराएको हो।

स्पष्टीकरण माग गर्दा तोकिएको समयमा स्पष्टीकरण नदिएकाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चैत २४ गतेको निर्णयबमोजिम उनीहरुले दल त्याग गरेको निर्णय भएको सो पार्टीले जनाएको छ।

राष्ट्रियसभा सदस्यका रुपमा मन्त्री बनेका रामबहादुर थापा ‘बादल’ का हकमा भने दलको नेता उपत्यका बाहिर रहेकाले सचिवालयमा जानकारी गराउन बाँकी रहेको सो पार्टीले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पत्रमा उनीहरुले दल त्याग गरेकाले उनीहरुको स्थान रिक्त रहेको जानकारी गराइएको छ। सचिवालयमा आएको पत्र अब सभामुखले सदनमा पढेर सुनाउनेछन्।

पार्टीले निष्कासन गरेपछि उनीहरुको सांसद पद गुम्‍नेछ। तर पनि  छ महिनासम्म मन्त्री पदमा रहन पाउनेछन्। खानेपानीमन्त्री मणि थापा र खेलकुदमन्त्री दावा लामा संसद  नभए पनि सरकारमा छन्। उनीहरु पनि माओवादी पृष्ठभूमि भए पनि एमालेमै रहेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com