प्रधानमन्त्री पुष्पकमल दाहालबाट राजीनमा, आफू सफल भएको दाबी
प्रकाशित मिति : जेष्ठ १०, २०७४ बुधबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशबासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री पदबाट राजीनामा घोषणा गरेका छने । यस अघि सिहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट देशवासीका नाममा सम्वोधन गर्दै उनले आफू सफल भएको दावी गरे । स्थानीय चुनावबाट लोकतन्त्र र गणतन्त्रको जित भएको बताएका छन् । दृढ इच्छा शक्तिको बलमा नै आफुले चुनाव गर्न सफल भएको प्रचण्डको दावी छ ।
प्रधानमन्त्री प्रचण्डले यही सम्वोधन लगत्तै शितल निवास पुगेर राष्टपतिलाई पदबाट राजीनामा बुभाउने कार्यक्रम रहेको छ ।