सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको पुनरावलोकन निवेदनलाई निस्सा दिन अस्वीकार गरेको छ।
सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा नाम विवादसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेकपालाई खारेज गरेर एमाले र माओवादी केन्द्रलाई साविकको अवस्थामा फर्काएको थियो। सर्वोच्चको उक्त फैसलामाथि प्रचण्डलगायतका नेताहरूले आपत्ति जनाउँदै आएका थिए।
प्रचण्डले चैत १७ गते सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गराएका थिए।
योसँगै अब माओवादी केन्द्र र एमाले ब्युँताउने सर्वोच्चको फागुन २३ कै आदेशले निरन्तरता पाउनेछ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।