भारतद्वारा हुलाकी राजमार्गका १३ वटा खण्ड सरकारलाई हस्तान्तरण


प्रकाशित मिति : चैत्र १८, २०७७ बुधबार

भारत सरकारले निर्माण सम्पन्न भएका हुलाकी राजमार्गका १३ वटा खण्ड नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

बुधबार भौतिक योजना तथा यातायात मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई ती सडकखण्ड हस्तान्तरण गरेका हुन्।

भारत सरकारको सहयोगमा निर्माण भएको १३ खण्डको लम्बाई २ सय ७३ किलोमिटर रहेको छ। हुलाकी राजमार्गको कुल लम्बाइ १ हजार ८ सय ५७ किलोमिटर छ।

तराई क्षेत्रको विकासका लागि महत्वपूर्ण मानिएको हुलाकी राजमार्गको निर्माण कार्य विभिन्न प्राविधिक कारणले गति लिन नसकेको थिएन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हस्तान्तरण कार्यक्रममा मन्त्री नेम्वाङले भौतिक पूर्वाधार विकासमा भारतले गरेको सहयोगको प्रशंसा गरेका थिए।

यसैगरी राजदूत क्वात्राले नेपालको विकासका लागि भारतले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए। जनकपुर–जयनगर रेल सञ्चालनका लागि भारत सरकारको तर्फबाट प्राविधिक र जनशक्ति सहयोग भएको उनले जानकारी दिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com