बेरोजगारी विमाको १० हजार २ सयको कर छुट १३ राज्यले नदिने, आईआरएसमा भने छुट


प्रकाशित मिति : चैत्र १८, २०७७ बुधबार

आईआरएसले बेरोजगारी विमाको सुरुको १० हजार २ सयमा कर छुटको व्यवस्था गरेपनि १३ राज्यहरुले भने उक्त रकममा राज्यको करमा छुट नदिने भएका छन् । एचआर ब्लकको तथ्यांक अनुशार अहिलेसम्म १३ राज्यले बेरोजगारी विमा रकमको सुरुको १० हजार २ सय डलरमा करछुट नदिएपछि ती राज्यहरुमा बसोबास गर्नेहरुले उक्त रकमको कर राज्यलाई भने बुझाउनुपर्ने भएको छ ।

ती राज्यहरुमा न्युयोर्क, कोलोराडो, जर्जिया, हवाई, आइदाओ, केन्टकी, मासाचुसेट्स, मिनेसोटा, मिसिसिपी, नर्थ क्यारोलिना, रोढ आइल्याण्ड, साउथ क्यारोलिना र वेष्ट भर्जिनिया रहेका छन् । १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेजमा बार्षिक आम्दानी १ लाख ५० हजारभन्दा कम हुनेहरुलाई बेरोजगारी विमा रकमबाट प्राप्त १० हजार २ सयसम्ममा ट्याक्स नलाग्ने व्यवस्था गरिएको हो ।

इन्डियाना र विकन्सिन लगायतका राज्यहरुले उक्त रकममा आंशिक करछुट प्रदान गरेका छन् । कनेक्टिकट, आयोवा, इलिनोय, कन्सास, लुजियाना, मेन, मिसिगन, मिजौरी, नर्थ डाकोटा, नेब्रास्का, न्यु मेक्सिको, ओक्लोहोमा, ओरेगन र युटाहले सघीय सरकारकै नियमलाई अनुशरण गरेर बेरोजगारी विमा रकमको सुरुको १० हजार २ सयमा करछुट दिएका छन् । वासिंटन डिसीले पनि त्यस्तो छुट दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एरिजोना, ओहायो, भर्माेन्ट लगायतका राज्यहरुले सघीय सरकारको नियम औपचारिक रुपमा नै अनुशरण त गरेका छैनन् । तर प्रशासनिक रुपमा करमा छुटको व्यवस्था गरेका छन् । हरेक राज्यका आआफ्ना नियम रहेकाले उनीहरुले फरक फरक तरिकाले यो विषयमा काम गरिरहेको जनाइएको छ ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com