घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले बुझाए स्पष्टीकरण


प्रकाशित मिति : चैत्र १७, २०७७ मंगलबार

नेकपा एमालेका नेताहरु घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेले मंगलबार पार्टीसमक्ष स्पष्टीकरण बुझाएका छन्।

सोमबार पार्टीले दोस्रोपटक स्पष्टीकरण सोधेपछि भुसालले मंगलबार बिहान र पाण्डेले साँझ स्पष्टीकरण बुझाएका हुन्।

स्पष्टीकरण बुझाउँदै भुसालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘सत्ता र शक्तिको भोगको हिसाबले तपाईंले पाउन अझै के बाँकी छ?’ भनी प्रश्न गरेका छन्।

उनले ओलीलाई व्यक्तिवादको नशाबाट ब्युँझन आग्रह गरेका छन्। ‘सत्ता र शक्तिको भोगको हिसाबले तपाईंले पाउन अझै के बाँकी छ?,’ भुसालले प्रश्न गरेका छन्, ‘पार्टीलाई अगाडि बढ्न दिनुस्। अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्युँझनस्। क्रान्ति त अघि बढ्छ, बढ्छ। आज वा भोलि वा पर्सी तपाईं दण्डित हुनु हुनेछ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्पष्टीकरणमार्फत आफूमाथि लगाइएका सम्पूर्ण आरोपहरू बनावटी रहेको बताउँदै भुसालले ओली असहिष्णु रहेको दाबी गरेका छन्।
यस्तै, पाण्डेले ‘पार्टीको अध्यक्षजस्तो जिम्मेवारीमा रहेको व्यक्तिले पार्टीको वैधानिक व्यवस्थालाई भत्काउने र पार्टीलाई अराजकतातर्फ धकेल्ने काममा किन लाग्नुभएको भनेर तपाईंले नै स्पष्ट पार्नुपर्ने देखिन्छ’ भनेका छन्।

ओलीले आफूलाई ‘प्रचण्डको मतियार’ भनेर लगाएको आरोपको प्रतिवाद गर्दै पाण्डेले ओली नै मतियार भएको आरोप लगाएका छन्।

‘तपाईंले मलाई ‘प्रचण्डको मतियार’ भन्ने लगाउनु भएको आरोप मलाई हाँस्यास्पद लाग्यो,’ उनले भनेका छन्, ‘किनकि ०७४ असोज १५ गते तपाईं एक्लैले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने र दुई पार्टीबीच सिटको बाँडफाँड गर्ने गोप्य सहमति गर्नु भयो। ०७५ जेष्ठ ३ गते भएको पार्टी एकताको समयमा आलोपालो अध्यक्षता र प्रधानमन्त्री आधाआधी बाँड्ने प्रचण्डसंगको सहमति पनि गोप्य रुपमा तपाईले नै गर्नु भएको थियो। अब तपाई भन्नुस प्रचण्डको मतियार तपाई हो कि अरु कोही?’

गत चैत ७ गते बसेको ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। त्यसअनुसार नेपाल र रावलले केही दिनअघि नै स्पष्टीकरण बुझाएका थिए। उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ।

यस्तो छ घनश्याम भुसालको स्पष्टीकरण

यस्तो छ सुरेन्द्र पाण्डेको स्पष्टीकरण

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com