रेशम चौधरीको रिहाइका लागि सरकारले गठन गर्‍यो वार्ता टोली


प्रकाशित मिति : चैत्र १६, २०७७ सोमबार

कैलालीको टीकापुर काण्डमा दोषी ठहर भई जेल सजाय भोगिरहेका जनता समाजवादी पार्टी (जसपा) का निलम्बित सांसद रेशम चौधरीको रिहाइका लागि सरकारले वार्ता टोली गठन गरेको छ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरिएको हो।

रेशम चौधरीको रिहाइसहित थारु कल्याणकारी सभा र केन्द्रीय आन्दोलन परिचालन समितिले अघि सारेका १९ बुँदे मागका बारेमा वार्ता गर्न सरकारले वार्ता टोली बनाएको हो।

टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वार्ता टोलीले सोमबारबाटै थारु कल्याणकारी सभासँग वार्ता सुरू गर्ने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।

चौधरीको रिहाइलगायतका माग राखेर थारु कल्याणकारी सभाले माइतीघर मण्डलामा धर्ना दिइरहेको छ। गृहमन्त्री थापा गत शुक्रबार सो धर्नामा आफैं उपस्थित भएर सरकारले वार्ता टोली गठन गरेर समस्याको समाधान गर्ने प्रतिवद्धता जनाएका थिए।

चौधरीसँग एमाले नेता महेश बस्नेतले केही दिनअघि डिल्लीबजार कारागारमा गई भेट गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com