ओहायो कार दुर्घटनामा घाइते २४ बर्षका सुविन वास्तोला आईसीयुमा, गोफण्डमीमा सहयोग जुटाइदै


प्रकाशित मिति : चैत्र १५, २०७७ आईतबार

ओहायोमा कार दुर्घटनामा घाइते सुविन वास्तोलाको आईसीयुमा उपचार भइरहेको छ । एत्ना टाउनसिपमा गत बिहिबार दिउसो भएको कार दुर्घटनामा वास्तोला गम्भिर घाइते भएका थिए । उनको माउन्ट क्यारामेल इस्ट अस्पतालमा उपचार भइरहेको छ ।

भक्तपुर नेपाल स्थायी घर भएका बास्तोला हालैमात्र बोष्टनबाट ओहायोको ब्ल्याकलिकमा बसाई सरेका थिए । ओहायो स्टेट युनिभर्सिटीमा सुरक्षा र खुफिया विषयमा अध्ययनरत उनी आगामी डिसेम्बरमा ग्रयाजुएट हुदै थिए । पढाइसकेर काममा जाँदै गर्दा उनको गाडीलाई दिउसो २ बजेर ५० मिनेटमा गलत दिशाबाट आएको अर्को गाडीले ठक्कर दिएको थियो ।

दुर्घटनामा उनको टाउको र पिठ्युमा गम्भिर चोट लागेको थियो । साथै फोक्सोमा पनि गम्भिर असर परेको र अहिले भेन्टिलेटरमा राखिएको जनाइएको छ । उनका बुबाआमा अमेरिकामा नै रहेको र अहिले सबै काम छाडेर छोराकै हेरचाहमा लागिरहेको जनाइएको छ ।

सांकेतिक तस्वीर

उपचार र परिवारलाई सहयोगका लागि अहिले गोफण्डमीमा सहयोग संकलन सुरु गरिएको छ । ४० हजार डलर लक्ष्यसहित सुदर्शन वास्तोलाका तर्फबाट किरण संग्रौलाले सुरु गरेको गोफण्डमीमा अहिलेसम्म ६ हजार ६ सय डलर संकलन भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तपाईपनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

१८ बर्षका टिनएजर माइलो जोन्सनले चलाएको टोयटा क्याम्री गाडीले बाटोको सेन्टर लाइन पार गरेर २४ बर्षका सुविनले चलाएको हुण्डाई गाडीलाई ठक्कर दिएको थियो । त्यसपछि जोन्सनले चलाएको गाडी २१ बर्षका हले होजले चलाएको गाडीमा ठोक्किएको थियो । त्यसबाट उछिटिएको गाडीको टुक्रा क्याथलिन पेरीले चलाएको गाडीमा ठोकिएको थियो ।

घटनामा ४ वटै गाडीका चालकहरु घाइते भएकोमा सुविन र जोन्सनको अवस्था गम्भिर रहेको छ भने अरु दुईजना सामान्य घाइते भएका छन् । जोन्सनले चलाएको गाडीबाट उछिटिएका इडुवार्डो रेइसको गत बुधबार मृत्यु भएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com