आयो मेलम्ची


प्रकाशित मिति : चैत्र १५, २०७७ आईतबार

लामो प्रतिक्षापछि आइतबारदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यकाका विभिन्न स्थानका ग्राहकको धारामा आउन थालेको छ। देवकोटा सडक, बत्तीसपुतली, जयबागेश्वरी, चावहिल, कुटुबहाल, सिफल, कालोपुल, एअरपोर्ट हाइट, धनवन्तरी मार्गलगायत क्षेत्रका धारामा पानी आएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । हाल पुराना पानी पोखरीहरूमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धारामा दिइने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छाइएको नयाँ पाइपलाइनमा परीक्षण गर्दै लैजाने लिमिटेडको योजना छ।

अहिले दैनिक चार करोड लिटर पानी आउन थालेको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए। पहिलो चरणमा महाङ्कालचौर, अनामनगर, मीनभवन र खुमलटारमा रहेका ट्याङ्कीमा पानी भरेर ग्राहकका घरमा पठाउन लागिएको छ। शाक्यले भने, ‘बिस्तारै सबै क्षेत्रमा पानी पठाइनेछ ।’ महाङ्कालचौर पोखरी खोलेर जम्मा भएको पानी घरघरमा पठाउन थालिएको हो। सो पोखरीबाट चावहिल, कुटुबहाल, आनन्द नगर क्षेत्रमा पानी पुग्ने शाक्यले बताए। पानी बढाउँदै लगेर दैनिक १७ करोड लिटरसम्म काठमाडौँ ल्याउन लागिएको छ। सकेसम्म दैनिक रुपमा विवरण गर्ने लिमिटेडको योजना छ। उनले भने, ‘सकेसम्म दैनिक नभए दिन बिराएर पानी ग्राहकले पानी पाउनेछन्।’

अहिले खानेपानीको शुल्क यथावत नै राख्ने लिमिटेडको योजना छ। पहिले पानी दिने लक्ष्य भएको र ग्राहक खुसी बनाएर मात्रै महसुल बढाउन सोच्ने शाक्यले बताए। तोकिएका स्थानमा कुनै घरमा पानी नपुगेमा तत्काल समस्या पत्ता लगाएर समाधानका लागि टोली बनाइएको छ। उनले भने, ‘सम्बन्धित शाखामा सम्पर्क गरेपछि समाधान हुनेछ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्माण सुरु भएको लामो समयसम्म पनि सम्पन्न हुन नसकेको आयोजनाको निर्माण सकिएसँगै परीक्षण गरिएको हो। यसअघि मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माण भएका सुरुङ र पानी प्रशोधन केन्द्रको परीक्षण गरिएको थियो । राष्ट्रिय गौरवको सो आयोजनाले काठमाडौँ उपत्यकामा लामो समयदेखि रहेको खानेपानीको अभाव हट्ने अपेक्षा गरिएको छ। आयोजनामा यसअघि विभिन्न कम्पनीले काम गरेका थिए। पछिल्लो पटक चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको बाँकी काम सम्पन्न गरेको हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com