के उबर चालकहरु पनि ३ सयका अतिरिक्त साप्ताहिक १ सयका लागि योग्य हुनेछन् ?


प्रकाशित मिति : चैत्र १४, २०७७ शनिबार

उबर चालकहरु वा अनलाइन प्लेटफर्म तथा एप्लीकेशनमार्फत काम गर्नेहरु स्वरोजगार अन्तरगत पर्छन् । यदि उनीहरुले बर्षमा ५ हजारभन्दा बढी आम्दानी गरेका छन् भने उनीहरु मिश्रित आम्दानीकर्ता बेरोजगारी क्षतिपूर्ति एमईयुसी कार्यक्रम मार्फत बेरोजगारी विमाको संघीय ३ सयका डलरका अतिरिक्त थप साप्ताहिक १ सयका लागि योग्य हुनसक्नेछन् ।

त्यस्तै जागिर र १०९९ मा काम गरेकाहरुले पनि १०९९ बाट ५ हजारभन्दा धेरै आम्दानी गरेका थिए भने यो कार्यक्रममा योग्य हुनसक्नेछन् । मिश्रित आम्दानी गरेकाहरु वा स्वरोजगार गरेकाहरुले यो कार्यक्रममार्फत फाइदा लिन सक्नेछन् । तर उनीहरुले नियमित बेरोजगारी विमा रकम पाइरहेको हुनुपर्छ, महामारी बेरोजगारी सहायता पाइरहेकाहरु भने योग्य हुनेछैनन् ।

यदि साप्ताहिक प्रमाणिकरण गर्ने बेलामा आवेदकलाई कोरोनासँग सम्बन्धित प्रश्नहरु सोधिएको छ भने उक्त व्यक्तिले पीयुए रकम पाइरहेको हुन्छ । तर यदि साप्ताहिक प्रमाणिकरण गर्दा सोधिने प्रश्नहरु कोरोना सम्बन्धित छैनन् भने उसले नियमित बेरोजगारी विमा रकम पाइरहेको बुझ्नुपर्छ । महामारीको बेलामा बेरोजगार भएका सबै स्वत पीयुए अन्तरगत पर्दैन ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनवरी ३ कै साताबाट रकम पाउने

मिश्रित आम्दानीकर्ता बेरोजगारी क्षतिपूर्ति एमईयुसी अन्तरगत योग्य हुनेहरुले बेरोजगारी विमाबाट संघीय सरकारबाट पाउने साप्ताहिक ३ सयमा एकसय थप गरेर साप्ताहिक ४ सय प्राप्त गर्नेछन् ।

अहिले योग्य हुने आवेदकहरुले जनवरी ३ कै साताबाट रकम पाउनेछन् भने सेप्टेम्बरमा ६ सम्म रकम प्राप्त गर्न सक्नेछन् । अहिले बेरोजगारी विमा रकम लिइरहेका स्वरोजगारहरु यो कार्यक्रमका लागि योग्य भएमा अहिले पाएको रकमभन्दा एकसय बढी पाउनेछन् ।

सन् २०१९ मा वा सन् २०२० मा स्वरोजगारबाट बार्षिक ५ हजार वा त्योभन्दा बढी नेट आम्दानी गरेकाहरु यो कार्यक्रमका लागि योग्य हुनेछन् । यो कार्यक्रमका लागि योग्य हुनका लागि एउटा आवेदन दिनुपर्छ भने आवेदनका साथमा स्वरोजगारबाट आम्दानी गरेको प्रमाण पनि पेश गर्नुपर्छ । प्राय आवेदकका सन्दर्भमा २०१९ को ट्याक्स रिर्टनलाई आधार मान्न सकिने डिपार्टमेन्ट अफ लेबरले जनाएको छ ।

२०१९ मा ट्याक्स फाइल नगरेकाहरुले पनि प्रमाणका रुपमा पेचेक स्टब, बैंक रिसिप्ट, विजनेश रेकर्ड, सम्झौता, बिल लगायतका कागजातहरु पेश गर्न सक्नेछन् । ५ हजार भन्दा कम आम्दानी भएका स्वरोजगारहरुलाई भने यो कार्यक्रमका लागि आवेदन नदिन सुझाव दिइएको छ । आवेदन एकपटकमात्र दिन डिपार्टमेन्ट अफ लेवरले सुझाव दिएको छ ।

अनलाइन वा फोनमार्फत आवेदन

कार्यक्रमका लागि योग्य हुनका लागि अनलाइनमार्फत वा फोनमार्फत आवेदन दिन सकिनेछ । तर अनलाइनमार्फत आवेदन दिनु बढी छिटो र सुरक्षित हुने सुझाव दिइएको छ । अनलाइनमार्फत आवेदन दिनका लागि आफ्नो अनलाइन एकाउन्ट लगइन गरेर अनलाइन फर्म सेक्सनमा जानुपर्छ । उक्त सेक्सनमा फर्म उपलब्ध हुनेछ ।

याद गर्नुहोस्, यदि तपाईले पीयुए लिइरहनुभएको छ भने तपाईको एकाउन्टमा उक्त फर्म उपलब्ध हुनेछैन । यदि तपाई स्वरोजगार हुनुहुन्थेन तर तपाईको अनलाइनमा उक्त फर्म देखिएको छ भने उक्त फर्म वेवास्ता गर्नुहोला ।

फोनमार्फत आवेदन दिनका लागि ८३३ ७१९ १९०४ मा फोन गर्नुपर्छ । फोनबाट आवेदन दिनेहरुले हुलाक वा फ्याक्समार्फत आम्दानीको प्रमाण पठाउनुपर्ने भएकाले झन्झटिलो र ढिलोसमेत हुनसक्ने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com