प्रचण्डले गरे महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्ने प्रस्ताव


प्रकाशित मिति : चैत्र १४, २०७७ शनिबार

सरकार र जनता समाजवादी पार्टीबीच सत्ता समीकरणका विषयमा भएको छलफल सहमतिनजिक पुगेको चर्चा चलिरहेका बेला जसपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आएको छ।

शनिबार प्रज्ञा प्रतिष्ठानको डबलीमा नागरिक आन्दोलनले गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठाकुरलाई सरकारको नेतृत्व लिन आग्रह गरेका हुन्।

प्रचण्डले सरकारको नेतृत्व लिएर समस्या समाधान गर्न ठाकुरलाई आग्रह गरेका हुन्।

‘तपाईं नै सरकार बनाउनुस् र हल गरौँ भन्ने मेरो प्रस्ताव हो। एक हप्ताभित्र हाम्रो सरकार बन्छ,’ उनले भने, ‘तपाईंकै नेतृत्वमा सरकार बनाऔं अनि हल गरौँ। अब अरुको नेतृत्वमा किन जाने?’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संसदमा संविधान संशोधन प्रस्ताव लैजाने आफू नै भएको भन्दै प्रचण्डले उक्त प्रस्ताव असफल बनाउने केपी शर्मा ओली नै भएको कुरा स्वीकार गर्नसमेत उनले महन्थलाई आग्रह गरेका थिए।

ठाकुरले पनि आफूले उठाएको माग सम्बोधन गराउने अवस्थामा आफूहरु मुलुकलाई निकास दिन तयार रहेको बताए। उनले मुलुकलाई समस्या परेका बेला आफूले नै निकास दिने गरेको स्मरण गरे।

सत्ता समीकरणका लागि दलहरुसँग छलफल जारी राखे पनि जसपाभित्र पनि अब आफैं सरकारको नेतृत्वका लागि पहल गर्नुपर्ने बहस सुरु भएको छ।

केही दिनअघि पनि ठाकुरले पनि पार्टी सत्ता नेतृत्वका लागि तयार भएको संकेत गरेका थिए। ‘हामी सत्ताको केन्द्रमा छैनौं,’ ठाकुरले भनेका थिए, ‘हामी त कहीँ छैनौं, तीन दलीय गठबन्धनमा पनि हामी कहाँ पर्छौं र? हामी आन्दोलनमा जहिले पनि हुन्छौं। इतिहासमा त परिणाम देखिन्छ। तर, परिणाम हाम्रो पक्षमा हुँदै हुँदैन।’

सत्ता समीकरणका लागि जसपाले रेशम चौधरी तथा मधेश आन्दोलनका क्रममा पक्राउ परेकाहरुको रिहाइ, संविधान संशोधनलगायतका मागहरुलाई अगाडि सार्दै आएको छ। यस विषयमा सरकारले सकारात्मक जवाफ दिएको ठाकुरको भनाई छ।

सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिने
प्रज्ञा भवनको कार्यक्रममा प्रचण्डले सरकारलाई आफनो पार्टीले दिएको समर्थन केही दिनभित्रै फिर्ता लिने बताएका थिए। प्रतिनिधिसभाको विघटनपछि आन्दोलनमा रहेका प्रमुख राजनीतिक दलबीचमा सहकार्य हुने वित्तिकै वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता र नयाँ सरकारको खाकासमेत आउने उनको भनाइ थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com