२२ बर्ष अगाडिको क्लीन्टनकालिन मापदण्ड अनुशार भिसा जारी गर्न अमेरिकी दूतावासहरुलाई निर्देशन


प्रकाशित मिति : चैत्र १३, २०७७ शुक्रबार

अमेरिकी सरकारको विदेश मन्त्रालयले ट्रम्पकालिन नीति अगाडिको पब्लिक चार्जको मापदण्ड अनुशार आप्रवासी भिसा जारी गर्न अमेरिकी दूतावासहरुलाई निर्देशन दिएको छ । यसका अतिरिक्त अध्यागमन प्रणालीप्रतिको विश्वास पुनस्थापनाका लागि राष्ट्रपति जो बाइडेनले जारी गरेको कार्यकारी आदेश १४०१२ अनुशार अमेरिकी विदेशमन्त्रालयले दूतावास र कन्सुलेटहरुलाई आगामी दिनमा थप निर्देशनहरु दिने भएको छ ।

भिसा आवेदकहरुलाई अब पब्लिक चार्ज प्रश्नावली सहितको डीएस ५५४० प्रस्तुत गर्न र भर्न नपर्ने अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । त्यस्तै अन्तरवार्ता तय भइसकेका भिसा आवेदकले भने कुनै कदम चाल्न नपर्ने र तोकिएको मितिमा अन्तरवार्तामा उपस्थीत भएपछि दूतावास वा कन्सुलेटले ट्रम्पकालिन नीति अगाडिको पूरानै नीति अनुशार भिसा जारी गर्ने जनाइएको छ ।

अमेरिकी विदेशमन्त्रालयको यो कदमपछि अब अमेरिकामा स्वास्थ्य, आवास र खाद्य सुविधा लिने सम्भावना भएकाहरुलाई पनि आप्रवासी भिसा लिनमा ट्रम्प प्रशासनले लागु गरेको पब्लिक चार्जको नियममा जस्तो कठिन नहुने भएको छ । ट्रम्पकालिन पब्लिक चार्जको नियमले अमेरिकामा स्वास्थ्य, आवास र खाद्य सुविधा लिने सम्भावना भएकाहरुलाई भिसा पाउन मुस्किल बनाएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मार्चको पहिलो साता सर्वोच्च अदालतले पब्लिक चार्जको नियम कार्यान्वयनका पक्षमा पर्ने मुद्दाहरु खारेज गर्नका लागि बाइडेन प्रशासनको अनुरोधलाई स्वीकार गरेपछि बाइडेन प्रशासनले कम आम्दानी हुनेहरु र सरकारी सुविधा लिनेहरुलाई ग्रिनकार्डमा कडाई गर्ने तथा रोक लगाउने ट्रम्पकालिन पब्लिक चार्जको नियम कार्यान्वयन गर्न बन्द गरेको हो । तर विदेशमन्त्रालयले दूतावासहरुलाई दिइएको निर्देशिकाबारे भने आजमात्र अपडेट गरेको छ ।

मार्चको पहिलो साता नै डिपार्टमेन्ट अफ जस्टिसले देशभरका अदालतहरुलाई सुचित गर्दै ट्रम्पकालिन पब्लिक चार्जको नियमको प्रतिरक्षा नगर्ने सुचित गरेको थियो । अमेरिकामा ग्रिनकार्डका आवेदनकले आत्मनिर्भरता फर्म आई ९४४ भर्नु पर्दैन । युएससीआईएसले उक्त फर्म वेवसाइट र प्रणालीबाटै हटाइसकेको छ ।

अब पब्लिक चार्जका सन्दर्भमा क्लीन्टनकालिन नियम हुने भएको छ । सन् १९९९ को अन्तरिम निर्देशिका अनुशार सरकारले साधारण मेडिकेड, आवास, फुड स्ट्याम्प लगायतका खाद्य सुविधालाई ग्रिनकार्डको निर्धारकका रुपमा पब्लिक चार्जका रुपमा नलिने उल्लेख छ । त्यस्तै कोरोनाबिरुद्धको भ्याक्सिन र उपचारलाई पनि पब्लिक चार्जमा गणना नगरिने स्पष्ट पारिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com