माधव नेपाल र भीम रावललाई कारबाही गर्ने ओलीको संकेत


प्रकाशित मिति : चैत्र १३, २०७७ शुक्रबार

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गर्ने संकेत गरेका छन्।

बालुवाटारमा शुक्रबार भएको एमाले संसदीय दलको बैठकमा ओलीले नेपाल र रावलले फर्काएको स्पष्टीकरणको जवाफ कारबाहीको भागीदार हुनेखालको भएको बताएका थिए।

बैठकपछि प्रमुख सचेतक विशाल भट्टराईले फागुन २८ को निर्णय फिर्ता नहुने र माधव नेपालहरु स्पष्टीकरणको जवाफीपत्र कारबाहीका भागीदार हुने बताए।

नेपाल र रावलले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बिहीबार पठाएका थिए। नेपालले ओलीले सोधेको १० बुँदे स्पष्टीकरणको काउन्टर जवाफ १३ बुँदमा दिएका थिए। उनीहरूले जवाफभन्दा पनि पार्टी अध्यक्ष ओलीलाई नै प्रश्नहरू लेखीपठाएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुक्रबारको संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल भने उपस्थित भएका थिए। बैठकमा छोटो समय उपस्थित भएका खनालले पार्टीलाई जेठ २, २०७५ को अवस्थामा फर्काएर पार्टीलाई अघि बढाउनुपर्ने माग राखेका थिए। ओलीले भने फागुन २८ को निर्णयबाट पछि नहट्ने संकेत गरेका थिए।

फागुन २८ गते बालुवाटारमा बसेको ओलीपक्षीय केन्द्रीय समितिको बैठकले केन्द्रीय समिति तथा विभागहरुमा हेरफेर गरेका थिए। उक्त निर्णयको नेपाल–खनाल पक्षले विरोध जनाउँदै फिर्ता लिन माग गर्दै आएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com