कोरोनाको जोखिम बढेपछि उपत्यकाका तीन वटै प्रशासनले भने-घरबाहिर अनिवार्य मास्क प्रयोग गरौं


प्रकाशित मिति : चैत्र ११, २०७७ बुधबार

काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुले भारतमा कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन्।

प्रशासन कार्यालयहरुले बुधबार विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा भीडभाड नगर्न, फागू पर्वलाई घरभित्रै सीमित राख्न, घरबाहिर तथा सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य मास्क, स्यानिटाइजर र सामाजिक तथा भौतिक दूरी कायम राख्न आग्रह गरेका हुन्।

स्वास्थ्यका मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्ने चेतावनीसमेत जिल्ला प्रशासनहरुले दिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालका दिनमा कोभिड १९ को संक्रमणको जोखिम उच्च रही संक्रमण दर क्रमशः बढ्दै गइरहेको र भारतसँगको खुला सीमानाका कारण सीमा नाकाहरुबाट आउने मानिस दैनिक रुपमा काठमाडौं उपत्यकामा आवतजावत गर्ने क्रम बढ्दै गएकाले यहाँ जोखिम बढेको प्रशासनको भनाइ छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com