जसपा–सरकार वार्ता : दुवै पक्ष पूरानै अडानमा


प्रकाशित मिति : चैत्र १०, २०७७ मंगलबार

जनता समाजवादी पार्टी (जसपा) र सरकारी कार्यदलबीच मंगलबार पनि सत्ता सहकार्यका बारेमा वार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा जसपा नेताहरुले भने आफ्ना माग पूरा गर्नुपर्ने पूरानै अडान दोहोर्‍याएका छन्।

जसपाले रेशम चौधरीको रिहाइ, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेसहितका माग उठाउँदै आएको छ।

जसपाका मागप्रति प्रधानमन्त्री केपी ओली सकारात्मक देखिए पनि दुवै पक्षबीच सहमति जुट्न सकेको छैन।

नेताहरुका अनुसार जसपा यसपटक आफ्ना माग पूरा गर्ने सम्झौतामा हस्ताक्षर गरेरै अगाडि बढ्न चाहन्छ भने प्रधानमन्त्री ओलीले पूरानै शैलीमा आश्वासन दिएरमात्रै सरकारमा सहभागी गराउने रणनीति अपनाइरहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘पूरानै कुरा भएको छ, हामीले समर्थनको जवाफ अहिले दिन्नौं भनेका छौं,’ भेटमा सहभागी जसपा नेता लक्ष्मणलाल कर्णले भने, ‘काम हेरेरमात्रै समर्थन दिनसकिने प्रधानमन्त्रीलाई स्पष्ट पारेका छौं।’

सरकारी पक्षबाट माग सम्बोधन गर्ने आश्वासन दिइए पनि परिणाम नदेखिएसम्म सरकारलाई समर्थन वा सहकार्य नगर्ने जसपा नेताहरुको अडान छ।

सहमति नजिक पुगे पनि काम अगाडि नबढेसम्म विश्वासको वातावरण बन्न नसक्ने नेता कर्णको भनाइ छ।

भेटमा प्रधानमन्त्री ओलीसहित एमाले नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ सहभागी थिए। जसपातर्फबाट कर्णसहित अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र सर्वेन्द्रनाथ शुक्ल सहभागी थिए।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com