सिमाक्षेत्रमा प्रकृया चलुन्जेल कागजपत्रविहिनलाई होटलमा राख्न ९० मिलियनको सरकारी सम्झौता


प्रकाशित मिति : चैत्र ८, २०७७ आईतबार

सिमाक्षेत्रमा प्रकृया चलुन्जेल कागजपत्रविहिनलाई होटलमा राख्न अमेरिकी सरकारको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले झण्डै ९० मिलियन डलरको सम्झौता गरेको छ । मध्य अमेरिकी देशहरुबाट अमेरिकी सिमा क्षेत्रमा आएर शरण दावी गर्नेहरुलाई होटलमा राख्न गैर नाफामुलक संस्थाहरुसँग यो सम्झौता गरिएको हो ।

सिमा क्षेत्रमा शरण दावी गर्नेहरुको प्रकृयामा भारी ब्याकलग भएपछि उनीहरुलाई प्रतिक्षाका लागि होटलमा आवास दिइने भएको हो । अमेरिकी सिमाक्षेत्रमा बालबालिकाहरुसहित अमेरिका प्रवेशका लागि आउने कागपत्रविहिनहरुको यति धेरै संख्या २० बर्षमा नै पहिलोपटक देखिएको जनाइएको छ ।

८९ दशमलव ६ मिलियनको सम्झौता अनुशार १२३९ बेडहरु र अन्य आवश्यक सेवाहरु प्रदान गरिने भएको छ । सम्झौता अनुशार कागजपत्रविहिन परिवारहरुलाई टेक्सास र एरिजोनाको सिमाक्षेत्रका होटलहरुमा राखिने भएको छ । यो सम्झौता अहिलेका लागि ६ महिनाको हुने र पछि थपिन समेत सक्ने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसरी राखिएका परिवारहरुले कोरोना परीक्षण लगायतका कैयन स्वास्थ्य सुविधाहरु समेत प्राप्त गर्नेछन् । तर कोरोनाको महामारीका कारण कैयन व्यक्तिलाई सिमाक्षेत्रबाट अमेरिका आउन नदिई फर्काइने भएकाले आप्रवासीहरुलाई खतरनाक यात्रा पार गरेर नआउन चेतावनी समेत दिइएको छ ।

सिमा खुला नरहेको र सीडीसीको गाइडलाइन अनुशार अधिकांशलाई फिर्ता पठाइएको आइसले जनाएको छ । यसैबीच अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले पनि दक्षिणी सिमाक्षेत्र बन्द रहेको बताएका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com