बाइडेन प्रशासनको २ महिनामा अध्यागमनमा गरिएका डेढ दर्जन घोषणा र परिवर्तन (टाइमलाइन)


प्रकाशित मिति : चैत्र ८, २०७७ आईतबार

बाइडेन प्रशासन सुरुवात भइसकेपछि अमेरिकी अध्यागमनका क्षेत्रमा गरिएका घोषणा र परिवर्तनबारे खसोखासले नजिकबाट ट्रयाक गरिरहेको छ । कुन मितिमा कस्ता घोषणा र परिवर्तनहरु गरिए ? हामीले त्यसको टाइमलाइन समेत तयार गरेका छौं ।

जनवरी २०

– जनवरी १ अगाडि अमेरिका आएका ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने बिल सार्वजनिक

– ५ वटा अध्यागमन सम्बन्धि कार्यकारी आदेशमा हस्ताक्षर : बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रमलाई सुदृढिकरण गर्ने आदेश, सातवटा मुस्लिम बाहुल्य देशका नागरिक माथि ट्रम्प प्रशासनको यात्रा प्रतिबन्ध खारेज, अमेरिकाभित्र अध्यागमन कारवाही गर्ने ट्रम्पको नीति खारेज, सिमानामा पर्खाल लगाउनका लागि जारी गरेको संकटकाल खारेज

– मेक्सिको हुँदै अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्नेहरुलाई अध्यागमन प्रकृया जारी रहँदासम्म मेक्सिको नै फिर्ता पठाउने ट्रम्प प्रशासनको नीति कार्यान्वयनमा रोक

– एकसय दिनसम्मका लागि निश्चित प्रकारका देशनिकालाका आदेश कार्यान्वयनमा रोक (यो घोषणालाई पछि अदालतले कार्यान्वयनमा रोक लगायो ।)

फेब्रुअरी २

– अमेरिकी अध्यागमनमा सुधारका लागि तीन कार्यकारी आदेश जारी : सिमाक्षेत्रमा बिछोडिएका परिवारको पुनर्मिलनको लागि टास्क फोर्स, सेन्ट्रल अमेरिकन माइनर कार्यक्रम लगायतका अध्यागमनबारेका कार्यक्रमहरुको पुनरावलोकन, कार्यकारी आदेशले विदेश मन्त्रालय, न्याय मन्त्रालय र गृह मन्त्रालयलाई ट्रम्पकालमा लागु गरिएका अध्यागमनबारेका नीति र निर्देशिकाको पुनरावलोकन निर्देशन, कानूनी अध्यागमन प्रणालीमा अवरोध उत्पन्न गर्ने सबै नीतिको पुनरावलोकनका साथै पब्लिक चार्जको नीतिबारे पनि पुनरावलोकनका लागि निर्देशन

– अमेरिकामा आएर स्वास्थ्य, आवास वा खाद्यान्नबारे सरकारी सुविधा लिनेहरुका सन्दर्भमा उनीहरुले सुविधा लिएको रकम उनीहरुलाई स्पोन्सर गर्नेहरुबाट तिराउने ट्रम्पको मेमो खारेज

फेब्रुअरी ४

– अक्टोबर १ पछिका १२ महिनामा १ लाख २५ हजार शरणार्थी स्वीकार गर्ने घोषणा

फेब्रुअरी ५

– मेक्सिकोसँगको सिमाक्षेत्रमा क्याच एण्ड रिलिज नीति पुन सकृय, राष्ट्रपति जो बाइडेनले  कार्यकारी आदेशमा हस्ताक्षर गरे लगत्तै कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले क्याच एण्ड रिलिज नीति कार्यान्यवनमा

फेब्रुअरी ६

– अमेरिकाले आफ्नो सिमाक्षेत्रमा आएर एसाइलम खोज्नेलाई तेश्रो देश पठाउने एल साल्भाडोर, ग्वाटेमाला र होण्डुरससँगको सम्झौता स्थगित, एल साल्भाडोर, ग्वाटेमाला र होण्डुरससँगको सम्झौताका पूर्णरुपमा नै खारेज गर्नका लागि प्रकृयाको समेत सुरुवात

फेब्रुअरी १८

– ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने बिल संसदमा सार्वजनिक

– देशनिकालाबारे बाइडेन प्रशासनको नयाँ नीति, नोभेम्बर १ पछि सिमाबाट छिर्नेहरु पनि उच्च प्राथमिकतामा, ९० दिनभित्र दीर्घकालिन नीति निर्माण गरिने र त्यतीबेलासम्मका लागि यही अस्थायी नीति कार्यान्वयनमा

फेब्रुअरी १९

– सिमाक्षेत्रमा एसाइलम दावी गर्दा मेक्सिको फिर्ता पठाइएकाहरुलाई अमेरिका प्रवेश सुरु

फेब्रुअरी  २२

– ट्रम्प प्रशासनले गत डिसेम्बर १ बाट ल्याएको अमेरिकाको नागरिकताका लागि नयाँ परीक्षा प्रणाली र प्रश्नहरु बाइडेन प्रशासनबाट खारेज, मार्च १ देखि  पूरानै प्रश्नहरु र नागरिकता प्रणाली लागु

फेब्रुअरी  २४

– परिवार, रोजगार र डिभीमा आधारित आप्रवासी भिसामाथिको रोक कार्यकारी आदेश जारी गरेर बाइडेनबाट खारेज, डिभी लोटरी लगायत परिवारमा आधारित र  रोजगारमा आधारित आप्रवासी भिसामा अमेरिका आउनबाट रोकिएकाहरु अमेरिका आउन सुरु

फेब्रुअरी २६

– मारिएका पत्रकार जमाल खस्सोग्गीको सम्झनामा  खस्सोगी प्रतिबन्ध नामको नयाँ नीति घोषणा, पत्रकार र अधिकारकर्मीहरुलाई धम्क्याउने र निशाना बनाउने काममा संलग्न व्यक्तिलाई अमेरिकाले  भिसा नदिने

मार्च ७

– अध्यागमन जेलमा रहेका आप्रवासीहरुका लागि  नयाँ पुनरावलोकन प्रकृयाको घोषणा, आफ्नो मुद्दा आइसको कारवाही, हिराशत र देशनिकालाको प्राथमिकतामा नपर्ने विश्वास गरेकाहरुले आफ्नो मुद्दा पुनरावलोकनका लागि अपिल गर्न पाउने

टेक्सासको पोर्ट इसाबेल डिटेन्सन सेन्टर । फोटो: किशोर पन्थी

मार्च ९

– सर्वोच्च अदालतबाट पब्लिक चार्जको नियम कार्यान्वयनका पक्षमा पर्ने मुद्दाहरु खारेज गर्नका लागि बाइडेन प्रशासनको अनुरोध स्वीकार, कम आम्दानी हुनेहरु र सरकारी सुविधा लिनेहरुलाई ग्रिनकार्डमा कडाई गर्ने तथा रोक लगाउने ट्रम्पकालिन पब्लिक चार्जको नियम कार्यान्वयन गर्न बन्द

मार्च १०

– ग्रिनकार्ड, भिसा थप र परिवर्तन लगायतका १३ वटा आवेदन फर्ममा परिवर्तन, अप्रिल १९ सम्म पूराना फर्महरु पनि प्रयोग गर्न सकिने भएतापनि त्यसपछि भने पूराना फर्महरु पूर्णरुपमा अस्वीकार गर्ने

मार्च १९

– ट्रम्प प्रशासनले गत अक्टोबरमा ग्रिनकार्ड आवेदकलाई स्पोन्सर गर्ने स्पोन्सरकर्तालाई जिम्मबार बनाउन नयाँ नियम प्रस्ताव गरेकोमा उक्त प्रस्तावित नियम बाइडेन प्रशासनबाट  फिर्ता, यो नियममा स्पोन्सरकर्ताले क्रेडिट रिपोर्ट, क्रेडिट स्कोर, विगत ३ बर्षको ट्याक्स रिर्टनको प्रमाणित प्रति, बैंक एकाउन्टको विवरण पेश गर्नुपर्ने उल्लेख थियो ।

अमेरिकी अध्यागमनबारेको सम्पूर्ण अपडेट यहाँ पढ्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com