ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीका लागि आई १३० आवेदन एकसातामै स्वीकृत


प्रकाशित मिति : चैत्र ७, २०७७ शनिबार

युएससीआईएसको टेक्सास सर्भिस सेन्टरले ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष मुनीका छोराछोरीका लागि फाइल गरिएको आई १३० आवेदन कम्तीमा एकसातामै स्वीकृत गरिरहेको छ । तर कतिपय आवेदनमा भने आवश्यक कागजात र प्रमाणको अभावमा लामो समय समेत लाग्नसक्ने जनाइएको छ ।

युससीआईएसका अनुशार टेक्सास सर्भिस सेन्टरमा पुगेको ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष मुनीका छोराछोरीका लागि फाइल गरिएको आवेदन आई १३० आवेदन एकसातादेखि ७ महिनासम्ममा स्वीकृत हुने गरेको छ । अनलाइनबाट फाइल गरिएका आवेदनहरु अझ छिटो स्वीकृत हुने गरेको सेवाग्राहीहरुको अनुभवले देखाएको छ ।

स्वतन्त्र पारालिगल तथा कन्सल्ट्यान्ट मनमोहन सिंह घिमिरेले आफ्ना एकजना ग्रिनकार्डवाहक से्वाग्राहीले दम्पत्तिका लागि फरबरीमा फाइल गरेको आई १३० आवेदन अहिले युएससीआईएसबाट स्वीकृत भएर नेशनल भिसा सेन्टरमा प्रकृया भइरहेको जानकारी दिए । उक्त आवेदन अनलाइनमार्फत फाइल गरिएको र फाइल गरेको एकमहिनाभित्रै स्वीकृत भएर नेशनल भिसा सेन्टरमा पुगेको घिमिरेले जानकारी दिए ।

स्वतन्त्र पारालिगल तथा कन्सल्ट्यान्ट मनमोहन सिंह घिमिरे

युएससीआईएसबाट यति छिटो आवेदन स्वीकृत भएर नेशनल भिसा सेन्टरमा पुगेको यो आफ्नो पहिलो अनुभव भएको समेत उनले बताए । बाइडेन प्रशासनले युएससीआईएस लगायतमा रहेको ब्याकलग कम गर्न विभिन्न नीतिहरु अपनाइरहेको सन्दर्भमा यो अनुभव बाहिर आएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर नेशनल भिसा सेन्टरमा भने झण्डै ५ लाख आवेदन पेन्डिंग अवस्थामा रहेको अमेरिकी विदेशमन्त्रालयको कन्सुलर अफेयर्स भिसा सेवाका अधिकारी जुली एम स्टफ्टले जानकारी दिएकी छिन् । कोरोनाको महामारी र विगतको ट्रम्पको आप्रवासन रोकका कारण दूतावासहरुमा भिसा अन्तरवार्ता तय हुन नसक्दा यो ब्याकलग कायम भएको हो ।

अमेरिकी दूतावास काठमाडौं

विगत लामो समयदेखि अमेरिकी ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष मुनीका छोराछोरीका लागि भिसा करेन्ट रहँदै आएको छ । जस अन्तरगत अमेरिकाबाहिर रहेका ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीका लागि फाइल गरिएका आई १३० आवेदन अगाडि बढाउन नेशनल भिसा सेन्टरले भिसा कुर्नु नपर्ने भएको छ ।

त्यस्तै  अमेरिकामा हुने दम्पत्ति र छोराछोरीहरुका लागि आई १३० आवेदन दिन चाहनेहरुले एकसाथ आई ४८५ आवेदन समेत दिनसक्छन् । सन् २०१९ को जुलाईदेखि नै ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष मुनीका छोराछोरीका लागि भिसा करेन्ट रहदै आएको हो ।

अमेरिकामा हुनेहरुका सन्दर्भमा आई १३० सँगै आई ४८५ ग्रिनकार्ड आवेदन दिएर वर्क परमिट र एड्भान्स परोल समेत प्राप्त गर्न सकिन्छ । उनीहरुलाई भिसा जोगाइराख्ने झन्झट पनि हुँदैन ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com